गुप्तचर निकाय हो वा बेश्यालय !
असोज ५ मंगलबार
ललितपुर । लोकतान्त्रिक समाजवादलाई सहयोग गर्दै आएको जर्मनीको समाजवादी आन्दोलनलाई प्रचारप्रसार गरी नेपाली काँग्रेस पार्टीसँग समन्वयमा २२ वर्ष पहिले स्थापित फ्रेडरिक इवर्ट स्फूस्टुङ्ग (FES, Nepal) नेपालले भारत विरोधी गतिविधिका अतिरिक्त अहिले चीन विरोधी गतिविधि तिब्र पारेको छ ।
स्वतन्त्र तिब्बत पक्षधरहरुलाई खुलेआम सहयोग पु¥याउन सो संस्थाले बुद्ध धर्मको सहारा लिंदै भारतको धर्मशालामा बसेका दलाइ लामासँग सम्पर्क समेत बढाएको बुझिएको छ । एफईएस जर्मनी झण्डै ८० वर्ष पहिले जर्मनीका चर्चित प्रजातान्त्रिक समाजवादी नेता बिलिब्रान्टले स्थापना गरेका थिए ।
नेपाली काँग्रेसका नेताहरु वी.पी.कोइराला र कृष्णप्रसाद भट्टराईले पञ्चायतकालमा अहिलेका नेता शेरबादुर देउवालाई लण्डन, महेश आचार्यलाई जर्मनी र सुरेश चालिसेलाई भारतमा पढ्न छात्रवृत्ति उपलब्ध गराएको थियो । सन् १९९० मा प्रजातन्त्रको पुर्नस्थापनापछि नेपालमा कार्यालय स्थापना गरेको एफईएसले प्रजातन्त्र सम्वद्र्धन गर्न सुरुमा राजनीतिक सल्लाहकारका रुपमा सो संस्थामा छिरेका महोत्तरी जिल्ला भगाहा सितापुरका देवराज दाहाल अहिले भने संस्थाको नेपाल प्रमुख बनेर विवादास्पद गतिविधिमा सक्रियताका साथ लागेका छन् ।
उनको गतिविधि हेर्दा लाग्छ एफईएस नेपाल खतरा गुप्तचर निकाय हो वा एउटा बौद्धिक बेश्यालय ! सामान्यतः विहान नौ बजेबाट सुरु भई बेलुका ८ बजेसम्म खुल्ने सो संस्था शनिबार र आइतबारका दिन पनि खुल्ला रहने गर्छ । ती दुईदिने सार्वजनिक विदालाई एफईएस नेपाल प्रमुख देवराज दाहालले आफ्नो यौन तृष्णा मेटाउन कार्यालयलाई उपयोग गर्ने गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार यौनका मामलामा स्त्रीलम्पट मानिने दाहाल सानोतिनो प्रोजेक्ट दिएर केही महिलावादीसँग कार्यालयभित्रै आफ्नो यौन सन्तुष्टी मेटाउने गर्दछन् । यो उनको त्रिभुवन विश्वविद्यालय पढाउँदादेखि नै लागेको पुरानो बानी हो । त्रि।वि। पढाउने उनका सहकर्मीहरुका अनुसार आफ्नो छात्रा र महिला प्रोफेसरलाई समेत यौन सम्पर्कका लागि खुलेआम प्रस्ताव राख्न थालेको खबर बाहिर आएपछि उनले जागिर नै छोड्नु परेको थियो ।
त्यसो त उक्त संस्थाका दाहाल मात्र होइन, कार्यक्रम संयोजक चन्द्रदेव भट्टको पनि गतिविधि कम शंकास्पद छैन । लण्डन स्कुल अफ इकोनोमिक्स पुग्दादेखि नै स्वतन्त्र तिब्बत अभियानमा संलग्न भट्ट केही समय भारत विरोधी पाकिस्तानी संस्थामा समेत रिसर्च फेलो भई काम गरेका व्यक्ति हुन् ।
भनिन्छ पैसा भनेपछि मरिहत्ते गर्ने उनी कहिले शेरबहादुर देउवा त कहिले भिमबहादुर रावलको प्रवक्ता बनेर चीन विरोधी गतिविधि गराउन उद्धत छन् । समाचारसूत्रका अनुसार संस्थाका प्रमुख दाहाल र भट्टका अगाडि अरु स्टाफ समेत चर्को पीडा खपिरहेका छन् । दाहालका आफ्नै नातेदार पर्ने पूर्वतिरका अरु दुई महिला कर्मचारीलाई उनको गतिविधि देखेर अब कार्यालय जान नपरे पनि हुन्थ्यो’नि भनेर आफ्ना सहकर्मीसँग पीडा समेत व्यक्त गर्ने गरेको एक महिला अधिकारकर्मीले युगव्यथालाई बताइन् ।
त्यसैगरी स्वतन्त्र तिब्बत गतिविधि गराउन निज दाहालले बनारस विश्वविद्यालयका प्रोफेसर अन्जु शरणलाई दुई वर्षदेखि कन्सल्टेन्ट बनाएका छन् । उनीसँग निकै लहसिन मन पराउने दाहाल ‘उहाँ भारतीय प्रधानमन्त्री मोदीसँग विशेष सम्बन्ध राख्ने प्रोफेसर हो’ भनेर परिचय गराउँछन् ।
उनी पनि दलाई लामालाई लुम्बिनी भ्रमण गराउनु पर्छ भन्ने एफईएसको खर्चमा नेताहरुलाई दबाब दिन थालेका छन् । दाहाललाई यो विषयमा बुझ्न खोज्दा ५५२२५२६मा पटक–पटक सम्पर्क गर्दा समेत सम्पर्कमा आउन चाहेनन् । युगब्यथामा खबर छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् :




0 comments
Write Down Your Responses