कसले गर्छ नेपालमा नाकाबन्दी हामी पनि हेर्छौ : नेता शर्मा
पोखरा, ५ असोज ।
एकीकृत नेकपा (माओवादी)का नेता एवम् सभासद् जनार्दन शर्माले नेपाली जनताको भावना र हितको पक्षमा नयाँ संविधान घोषणा भएकाले यसको विरुद्धमा कसैले पनि देशमा नाकाबन्दी र ताल्चा लगाउन नसक्ने बताए ।
क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले देशको हितविरुद्ध र मानवअधिकार हनन हुने खालका काम कुनै नगरिएकाले नेपाली जनताले स्वतन्त्रपूर्वक गरेको निर्णयमा कुनै पनि बाह्य शक्तिको हस्तक्षेप हुन नसक्ने धारणा राखे ।
नयाँ संविधानमा उल्लेख भएका धाराको व्याख्या गर्दै गयौ भने अहिले असन्तुष्ट रहेका मधेसी र जनजाति पनि समझदारीमा आउने विश्वास व्यक्त गर्दै उनले बन्दुक हानेर मात्रै समस्याको समाधान नहुने भएकाले आन्दोलनरत पक्ष वार्तामा बसेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।

भिडियोको लागि तल क्लिक गर्नुहोस् :


1 comments

yo kura sabai netritwa tahaka netaharulebhanna sakna paryo...aba pradhaan mantri ko hune bharatlenai banaidine hola...mero b4ma KP OLI ko dasha po lagyo kyare,,,,madhav nepaljindavad bhanneharuko agrata sure chh...

Write Down Your Responses

Powered by Blogger.