अन्तिम लडाईका लागि तयार रहन कार्याकर्तालाई थारु नेताहरुको निर्देशन ।
नृप रावल/भदौं ३१, धनगढी ।
लडाईका लागि तयार रहन आफ्ना कार्यकर्ताहरुलाई थारु नेताहरुले निर्देशन दिईरहेका छन । कैलालीका बिभिन्न स्थानमा थरुहट-थारुवान संर्घष समिति र रानाथारु संर्घष समितिले सयुँक्त रुपमा आयोजना गरिरहेका बिरोध सभामा थारु नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई अन्तिम लडाईका लागि तयार रहन आग्रह गरेका हुन ।
थारु तथा आदिवासी अनि पिछिडिएका बर्गहरुलाई अधिकार भन्दा पनि अझै दमन गर्ने खालको नयाँ संबिधान जारी गरिन लागिएकाले त्यो आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने थारु नेताहरुले जिकिर गरेका छन । मसुरिया, फुलवारी र अत्तरियामा आयोजित बिरोध सभा बोल्ने थारु नेताहरुको एउटै स्वर छ– शिर्ष दलहरुले असोज ३ गते घोषणा गर्न लागेको संबिधान पुरानै ढर्राको आउदैैछ, त्यसमा पिछडिएका जातजाती अनि बर्ग कसैको पनि अधिकार नसमेटिएकाले त्यसलाई कुनै पनि हालतमा स्वीकार नहुने रहेको छ । कैलाली क्षेत्र नम्बर ५ को अत्तरिया नगरपालिका स्थित मजगाउमा आज अयोाजना गरिएको बिरोध सभामा बोल्दै थरुहट तराई पार्टी नेपालका केन्द्रिय अध्यक्ष भानुराम चौधरीले अन्तिम लडाईका लागी तयार रहन सबैलाई आग्रह गर्नुभयो । उहाले कंचनपुर देखी चितवन सम्म थारुहट प्रदेश निर्माण हुने कुरा र थारुहरुको अधिकारको ग्यारेण्टी हुने कुराको समेत सुनिश्चितता नहुन्जेल सम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाले पश्चिममा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भिम रावल अनि पुर्वमा कृष्ण सिटौला र एमाले अध्यक्ष केपी ओलीको अखण्ड सुप र अखण्ड ताम्सालीङको बाद आफुहरुलाई कुनैपनि हालतमा स्वीकार नहुने जिकिर गर्नुभयो । उहाले यो आन्दोलन कुनै जाती बिशेषका बिरुद्ध नभई थारुहरुको हक अधिकार पहिचान लागि भएको दाबि गर्दै पिछडिएका थारु, बाहुन, क्षेत्री, महिला, जनजाती, मधेसी सवैका हक अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभयो । संघिय समाजबादी पार्टीका केन्द्रिय सदस्य होरीलाल चौधरीले राज्यका कारण थारुहरु सधै चेपुबामा परेको भन्दै थारुहरुको अट्वारीमा कफर््यू लगाउने प्रशासनले बिभेद गरि तिजमा कफर््यू खोलिएको प्रति आपत्ती प्रकट गर्नुभयो । उहाले असोज ३ गते परेको थारु समुदायको अट्वारी पर्वको तयारी सडकमै हुने बताउदै उहाले थारु समुदायलाई आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभयो । उहाले सिडिओले प्रहरी प्रशासन मार्फत आफ्नो हक अधिकार प्राप्तीका लागि भईरहेको आन्दोलनमा जति पनि लाठी, अश्रुग्यास र गोली प्रहार भएपनि नरोकिने र छाती खोलेर प्रतिकार गरिने दाबि गर्नुभयो । कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादी कैलालीका जिल्ला सचिव तथा पुर्व सभासद कृष्णकुमार चौधरीले अहिले सम्म आन्दोलनको ट्रेलर मात्रै प्रस्तुत गरेको र असोज ३ गते साँझ देखी अहिले राज्य सत्तामा बसिरहेका शासकबर्गहरुलाई थारुहरुको हक अधिकार नदिदा के हुन्छ भन्ने कुराको पुरै फिल्म देखाइदिने जिकिर गर्नुभयो ।

भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments

Write Down Your Responses

Powered by Blogger.