यी हुन् नाकाबन्दीका बेला भारतको नाङ्गो दलाली गर्ने तीन मन्त्री
काठमाण्डु, १४ असोज– भारतको नाकाबन्दीका कारण जनताले सास्ती खेपिरहेका बेला सरकारका मन्त्री भने भारतले नाकाबन्दी नै नगरेको अभिव्यक्ति दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएका छन् ।
त्यस्तै, चीनसँग जोडिएका नाका खुलाउनुको सट्टा मन्त्री निधि भने काठमाण्डु–तराई फास्ट ट्र्याक निर्माणको काम विवादित भारतीय कम्पनीलाई दिने फाइल मन्त्रिपरिषदबाट स्वीकृत गराउन लागिपरेका छन् ।
त्यसैगरी नाकाबन्दी आपूर्तिमा अग्रसरता लिनुपर्ने वाणिज्यमन्त्री थापा पनि भारतको विकल्प अन्य हुन सक्दैन भन्दै आनाकानी गरिरेका छन् ।
केही दिनअघि प्रधानमन्त्रीसँगको छलफलमा समेत ती मन्त्रीले भारतको विकल्प अरु देश नहुने र विकल्प खोज्दा भारत चिढिने भन्दै भारतलाई नै मनाएर आपूर्ति सहज गराउनुपर्ने तर्क गरेका थिए ।
नागरिक दैनिकबाट
भिडियो हेर्न तल क्लिक गर्नु होस
1 comments
Write Down Your Responses




October 2, 2015 at 3:59 AM
YINI HARUKA PANI KEHI BHITRI JATILTA HUNA SAKXAN.