वार्ताको अध्याय सकियो, अब भारतको भरमा छौँ : मोर्चा
काठमाडौँ, असोज ५ । संविधानसँग असन्तुष्टहरुबीच बृहत् मोर्चाबन्दी गर्ने योजनासमेत मोर्चाले बनाएको छ । यसअघि राजधानीमा भदौ ३१ गते बसेको बैठकले उनीहरुसँग मोर्चाबन्दी र कार्यरत एकता गर्ने निर्णय गरेको थियो । मंगलबार साँझ सप्तरी सदरमुकाम राजविराजमा मोर्चा बैठक बसी औपचारिक आह्वान गर्ने जानकारी तमलोपा अध्यक्ष महन्थ ठाकुरले दिए ।

‘हामी वार्ता र संवादबाटै निकास खोज्न तयार थियौं । तीन दलले जबर्जस्ती गरेर यहाँ ल्याई पुर्याए । जहाँबाट अब फर्कन गाह्रो भइसक्यो’, ठाकुरले भने,‘सरकार र तीन दलले वार्ताको अध्याय समाप्त गरेका छन् । अब हामी सबै उपेक्षित र असन्तुष्टसँग मिलेर अघि बढ्छौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।


भिडियोको लागि तल क्लिक गर्नुहोस् :


0 comments

Write Down Your Responses

Powered by Blogger.