विद्यार्थीहरुले भारतलाई भने- टिकट काटिदिन्छौं, उपेन्द्र, राजेन्द्र र महन्थलाई फिर्ता लैजाउ
'नेपाललाई गुलाम बनाउने सपना नदेख्न चेतावनी'
काठमाडौं, ८ असोज । भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतलाई कडा सुझाव दिएका छन् ।
शुक्रबार कञ्चनपुरका ६ विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनीसहितको सुझाव दिएका हुन् ।
कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारी, वैद्य/विप्लव निकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंले नेपालको स्वाभिमानमा भारतले पटकपटक हस्तक्षेप गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐरीले नेपाल कसैको पनि गुलाम नहुने जिकिर गरे । ‘नेपालको एक इन्च भूमि दिन तयार छैनौं, बरु मधेशका अराष्ट्रियता भएका नेताहरुलाई दिन तयार छौँ’, उनले भने-‘टिकट हामी काटिदिन्छौँ उपेन्द्र, राजेन्द्र महन्थ, अमशेसलाई फिर्ता लैजाउ ।’ आफ्नो देशको राष्ट्रियताका लागि नेपालीहरु टाउकोमा कफ्न बाँधेर युद्ध लडन तयार रहेको उनको भनाई थियो ।
विद्यार्थी नेताहरुले नेपालको आन्तरिक मामिलामा जथाभावी नबोल्न समेत भारतलाई आग्रह गरेका छन् । उनीहरुले नाकाबन्दी गर्न चुनौति समेत दिए । अखिल छैटौंका अध्यक्ष महेश जोशीले भारतीय हस्तक्षेप अघि बढे नेपालीहरु त्यसको सामना गर्न तयार रहेको चेतावनी दिए
dainiknepal
भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.