बंगलादेशबाट हवार्इ इन्धन ल्याउने तयारी
काठमाडाैं-भारतले गर्दै आएको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा कठिनाई भएपछि सरकारले वैकल्पिक मार्गबाट हवाई इन्धन ल्याउने तयारी गरेको छ । इन्धन आपूर्ति ठप्प् भएपछि  हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी गरेको हो ।

'अहिले विशेष परिस्थिति भएकाले हवाइजहाज सहज संचालनका लागि बंगलादेशबाट इन्धन ल्याउने गृर्हकार्य गरिरहेका छौं,' निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काले भने, 'इन्धन हवाइजहाजबाट ल्याउने छौं । तयारी सोही अनुसारको भइरहेको छ ।'

निगमकाअनुसार २०३१ सालबाट भारतीय अायल कर्पोरेशन अाइअोसीबाट मात्रैं इन्धन अायात गरिदैं अाएको छ । सम्झाैताअनुसार ५ वर्षमा नवीकरण हुन्छ । नेपालले चाहेको अवस्थामा अन्य मुलुकबाट पनि इन्धन अायात गर्न सक्छ ।

तर, अन्य मुलुकबाट इन्धन अायात गर्दा महंगो र कठिनाइ भएकाले अहिले अाइअोसीबाट मात्र इन्धन निगमले जनाएको छ । अहिले विशेष परिस्थिती भएकाले बंगलादेशबाट अायात गर्ने तयारी भएको हो । अाजको कान्तिपुर दैनिकमा समाचार छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.