भोलिदेखि देशभर हिन्दी च्यानल बन्द हुने
केबल टेलिभिजन सञ्चालकहरुले भोलिदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने भएको छ। मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि मुलुकभर हिन्दी च्यानल प्रशारण बन्द गर्ने भएको हो। भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि सोमबार बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
नेपालको राष्ट्रिय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानल बन्द गर्ने एसोशिएनले निर्णय गरेको हो।
भिडियो हेर्न तल क्लिक गर्नु होस
0 comments
Write Down Your Responses