काठमाडौंमा अकूत सम्पत्ति, तराईमा नाकाबन्दी


काठमाडौं-सिगैं देश भारतीय नाकाबन्दी विरुद्ध लागेका बेला मधेशी नेताहरुले भने भारतले नभई आफूले देशमा नाकाबन्दी गरिरहेको कुरा सगर्व बताउन थालेका छन् । काठमाडौंले आफूलाई अन्याय गरेकोले त्यस विरुद्ध आन्दोलन गरिरहेको उनीहरुको दाबी छ ।

उनीहरु काठमाडौंविरुद्ध यसरी चर्को रुपमा बोलिरहेका छन् कि उनीहरुको काठमाडौंसँग कुनै साइनो नै छैन । उनीहरुका लागि काठमाडौं नेपालको राजधानी नै होइन ।
तर, वास्तविकता भने ठीक उल्टो छ । उनीहरुका लागि तराईभन्दा काठमाडौं निकै उर्वर छ । अहिले काठमाडौंलाई नाकाबन्दी गराउने नेताहरुको तराईमा झुपडी र थोत्रा घरमात्र बाँकी छन् । मन्त्री पदमा बस्दा भ्रष्टचार गरेर काठमाडौंमा उनीहरुले अर्बौ सम्पत्ति जोडेका छन् । अझ केहीका त काठमाडौंमा ३/४ वटा समेत महल छन् । उनै मधेशी नेताहरु काठमाडौं विरुद्ध आन्दोलन गरेर भारतलाई खुशी पार्दै आएका छन् ।

अहिले आन्दोलनमा लागेका राजेन्द्र महतो, महन्त ठाकुर, उपेन्द्र यादव, हृद्धयेश त्रिपाठी, शरदसिंह भण्डारी, अनिल झा, विजय गच्छदारलगायतका नेताहरुको काठमाडौंमा करोडको महल छ । महतोले सिनामंगलको मुख्य सडकमै ठूलो घर बनाएका छन् । जसको मुल्य पचासौं करोड पर्छ भने उपेन्द्र यादवको हात्तिबनस्थित हाउजिङभित्र सुविधान सम्पन्न महल छ ।

अनिल झाको लाजिम्पाटमा करोडौं पर्ने महल छ । विजय गच्छदारको सानेपामा त्यस्तै ठूलो घर छ भने शरदसिंह भण्डारीको भैसेपाटीमा करोडौ पर्ने महल छ । त्यस्तै महन्त ठाकुर सानोठिमीस्थित घरमा बस्छन्, काठमाडौंमा उनको चार वटा घर रहेको उनी निकट स्रोत बताउँछ । त्यस्तै हृद्धयेश त्रिपाठीको पनि भैसेपाटीमा करोडौ पर्ने घर छ भने सयौ तोला सुन, हिराका गहना भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनीहरु राजनीतिक अस्थिरताको फाइदा उठाउँदैं पटक-पटक मन्त्री भइसकेका मधेशी नेता हुन् । तर, कसैले एक पटक पनि मधेशी जनताका लागि काम गरेनन् । सधैं पैसा कमाउन मात्र उनीहरु केन्दि्रत भए  र काठमाडौंमा घर र गाडी जोडन सफल भए । जसका कारण तराईमा उनीहरुको जनाधार खस्कियो, गत संविधानसभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले तराईमा धेरै क्षेत्रमा विजय हासिल गरे । आफूलाई ठूलो मधेशी नेता भन्नेलाई जनताले धुलो चटाइदिए । तर, अहिले उनीहरु नै तीनै मधेशी जनताको नाममा आफ्नो राजनीतिक बचाउनका लागि देशलाई बन्धक बनाउन लागि परेका छन् ।

आफूलाई मधेशको महाराजा ठान्ने उनीहरु मधेशी नेताहरुबाटै बहिष्कृत भएका छन् । दुई वर्ष अगाडिको संविधानसभामा राजेन्द्र महतो, उपेन्द्र यादव, महन्त ठाकुर, हृद्धयेश त्रिपाठीले तराईका जिल्लामा ठूलो मत अन्तरले कांग्रेस, एमालेका उम्मेदवारसँग हारेका थिए । यादवले मोरङ ५ बाट,  ठाकुरले सर्लाही ६ बाट तथा त्रिपाठीले नवलपरासी ६ बाट चुनाव हारेका थिए । त्यस्तै रेणुकुमारी यादव सप्तरी ४, करिमा बेगम पर्सा १, बबन सिंह रौतहट १, महेन्द्र राय यादव सर्लाही ४ बाट हारेका थिए ।

मधेशबाट कांग्रेसले ५२, एमालेले ३६, एमाओवादीले १२ सिटमा विजय हासिल गरेका थिए । जबकी मधेशी पार्टीहरुको अवस्था लज्जास्पद छ । तमलोपा र लोकतान्त्रिक फोरमले ४/४, फोरम नेपाल र राप्रपाको २/२ र सद्भावना पार्टीले १ सिटमात्र जितेको थियो । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

तस्वीरहरू: साैर्य दैनिक
भिडियो हेर्न तल क्लिक गर्नु होस


2 comments

राज्यकोष सोसेर बनायियेका यी घर / सम्पती बेचेर आन्दोलन गरेको हेरम? मृतकलाई ५० लाख दिएको हेरम ...

राज्यकोष सोसेर बनायियेका यी घर / सम्पती बेचेर आन्दोलन गरेको हेरम? मृतकलाई ५० लाख दिएको हेरम ...

Write Down Your Responses

Powered by Blogger.