हृदयश त्रिपाठीले भने–भारतले नाकाबन्दी गरेको छैन
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले भारतले नेपालमा नाकाबन्दी गरेको कुरा आफूलाई थाहा नभएको बताएका छन् ।
संविधानको विरोधमा नेपाल–भारत सीमा क्षेत्रमा नाकाबन्दी सुरु गरेकै दिनदेखि भारतले पनि नेपालमा आपूर्ति रोकेर अघोषित नाकाबन्दी गरेको छ । भारतले एकसातादेखि इन्धन लगायतका अत्यावश्यक सामाग्रीको आपूर्ति ठप्प पार्दा नेपालको जनजीबन कष्टकर बनेको छ ।
तर, मोर्चाका नेता त्रिपाठीले भारतले नाकाबन्दी गरेको भनेर मिडियाले प्रचारबाजी मात्रै गरेको जिकीर गरे ।
‘अघोषित नाकाबन्दी भनेको पत्रपत्रिकाको भाषा हो’, बीबीसी नेपाली सेवासँग बुधबार कुरा गर्दै त्रिपाठीले भने, ‘अर्कातिर फलानो नाकाबाट यतिवटा गाडी छि¥यो भनेर दिने अर्कोतिर नाकाबन्दी पनि भन्ने ?’
भारतीय सीमानाका भएर दिनहुँ नेपालमा गाडी ओहोरदोहोर गरिरहेको उनले दाबी गरे । बरु तराई–मधेसका जिल्लाहरु ५१ दिनदेखि सरकारको नाकाबन्दीमा परेको आरोप लगाए ।
मधेसी मोर्चाको आन्दोलनलाई भारतीयको साथ रहेको भन्ने भनाइको पनि उनले खण्डन गरे । भारतले नेपालको संविधान संशोधन गर्न सात बुँदे सुझाव दिएको भन्ने आरोप पनि गलत रहेको त्रिपाठीले बताए ।




0 comments
Write Down Your Responses