टाउको दुख्ने समस्या बाट यसरि छुट्कारा पाउनुहोस्
के तपाइको टाउको दुखि राख्ने समस्या छ ? यहि समस्या ले गर्दा चिन्तित हुनुहुन्छ ? चिन्ता नगर्नुहोस, प्राय हाम्रो मुख्य समस्यानै टाउको दुख्ने हो । हामि यसबाट बाट दिनप्रतिदिन पीडित बनिरहेका छौ । कसैसंग रिस उठ्यो भने हाम्रो टाउको तातेर आउछ । कुनै समस्याले पिरोलिरहेको छ भने हामी भन्छौ एसले त मेरो टाउको नै दुखायो। टाउको दुख्ने समस्या हाम्रो नेपालमा मात्रै नभएर यो त विश्वभर नै छ ।‘टाउको दुखाइ’लाई व्यावहारिक समस्या र औडाहाको उखानको रुपमा समेत लिइन्छ । टाउको दुखेपछि कुनै काम गर्न मन नलाग्ने, वास्तविक अर्थमा काम गर्न अत्यन्त गाह्रो हुने बाधक पीडाका रूपमा लिइन्छ । धेरै मानिस टाउको दुखेको बुझ्छन् तर त्यसको कारण वा रहस्य जान्न सक्दैनन् । जथाभावी औषधि खाने गर्छन्, तर यो उचित उपचार होइन । टाउको दुख्नु आफैंमा रोग नभयर शारीरिक समस्या वा रोगको कारण हुन्छ ।

टाउको दुखाइबाट बच्ने केहि उपायहरु :
* निश्चित समयमा सुत्ने गर्नुहोस :
अनिदो रहने, जुन बेला मन लाग्यो त्यही बेला सुत्ने, उठ्ने गर्नाले पनि धेरैलाई टाउको दुखिरहेको हुन्छ वा अरु कारण (जस्तै माइग्रेनको टाउको दुखाइ) बढाइरहेको हुन्छ । त्यसैले सकेसम्म निन्द्रा नफालौ, सधैं एकै समयमा सुत्ने र उठ्ने बानी गरौ ।
* नियमित रुपमा व्यायाम गर्नुहोस् :
नियमित रुपमा व्यायाम गर्नाले शरीर स्फुर्त रहनाका साथै मन पनि चङ्गा रहन्छ। यस्ले शरीरमा इन्डोर्फिन नामक मस्तिस्कको प्राकृतिक पेनकिलर पनि उत्पादन गर्न मद्दत गर्छ । हफ्ताको ४–५ दिन करीब २०–३० मिनेट छिटो–छिटो हिंड्नु स्वास्थ्यकर हुन्छ ।
*मानसिक तनाव कम राख्ने
मानसिक तनाव सबैलाई पर्छ तर त्यससँग कसरी डिल गर्ने, समस्या कसरी समाधान गर्ने, आफुलाई कसरी कम तनाव पार्ने भन्ने उपायहरु हामीले जान्नुपर्छ। तनावको बेलामा आफ्ना रुचिका कामहरु जस्तै घुम्न जाने, साथीभाइसँग गफ गर्ने, म्युजिक सुन्ने, मुभी हेर्ने, रमाइला किताबहरु पढ्ने गर्न सकिन्छ । साथै ध्यान गर्ने, योगा गर्ने गर्नाले पनि तनावलाई धेरै कम गर्न सकिन्छ र टाउको दुखाइ पनि नियन्त्रण गर्न सकिन्छ ।
*चियाकफी, जाडरक्सी, चुरोट कम गर्ने
चियाकफी, जाडरक्सी, चुरोट आदीको अत्यधिक सेवनले माइग्रेन जस्ता टाउको दुखाइहरुलाई बढाउछ। त्यसैले त्यस्ता कुरा सकेसम्म कम गरेको नै बेस हुन्छ।
*चिसोले टाउको सेक्ने
चिसोले सेक्नाले पनि दुखाइमा केही आराम गर्छ, त्यसैले चिसो पानीमा रुमाल भिजाएर टाउकोमा राख्नाले टाउको दुखाइमा आराम मिल्छ।
(जनचेतनाका लागि शेयर गरिएको)




0 comments

Write Down Your Responses

Powered by Blogger.