संविधान जारी हुनै लाग्दा सर्वमान्यको कुरा उठाउँदै छिमेकी
 बुधबार, भदौ ३०,
काठमाडौं । असोज ३ गते संविधान जारी गर्ने तयारी हुँदा नेपालको बारेमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा सुरु भएको छ । विशेषतः छिमेकी भारतमा बढी चाँसो व्यक्त गरिदँदै छ ।

भारतीय संचार माध्यममा असोज ३ गते राष्ट्रपतिले संविधान जारी गर्ने भन्ने तयारीबारे विभन्न कोणबाट समाचार सम्प्रेसण भएका छन् । भारतीय अखबार द हिन्दुको अनलाइन पोर्टलले परराष्ट्र मन्त्री पाण्डेलाई उद्रित गर्दै सेप्टेम्बर २० मा नयाँ संविधान जारी हुने कोणबाट समाचार लेखेको छ ।

विश्लेषणात्मक रुपमा प्रकाशित समाचारमा भारतीय चाँसो र सवाल, मधेस आन्दोलन देखि माओवादी सशस्त्र युद्ध सम्मको क्षति बारे उल्लेख छ ।
हिंसात्मक विरोध प्रदर्शनकैबीच मतदान प्रक्रियाबाट संविधान जारी गर्न लागिएको भन्दै अमेरिका र भारतले गरेको आग्रहबारे उल्लेख छ ।

अमेरिकाको विदेश विभागलाई उदृत गर्दै समाचारमा संविधान यथासंभव सर्वमान्य हुनु पर्ने, लैङ्गिक समानता र स्वतन्त्रता एवं मौलिक हकको सम्मान गरिनु पर्ने उल्लेख छ ।



0 comments

Write Down Your Responses

Powered by Blogger.