भारतको रुखो जवाफ, मधेसीको माग पूरा नहुँदासम्म नाकाबन्दी खुल्दैन
‘सुरक्षा’लाई कारण देखाउँदै भारतले अहिलेकै अवस्थामा भारतबाट आपूर्ति सहज पार्न नसकिनेसमेत स्पष्ट पारेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापासँग सोमबार साँझ भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यही सन्देश दिएकी हुन् ।
नेपालमा नयाँ संविधान जारी भएपछिको भारतीय अघोषित नाकाबन्दी तत्काल नहट्ने सन्देश मन्त्री थापामार्फत भारतले नेपाल सरकारलाई दिएको छ । प्रमुख रूपमा आपूर्तिका विषयमा केन्द्रित भएको वार्तामा आफूले अत्यावश्यक आपूर्ति सुचारु पारिदिन आग्रह गरेको मन्त्री थापाले बताए ।
‘नयाँ संविधान जारी हुने अवस्था र त्यसपछिको अवस्थाबारे मैले विदेशमन्त्रीजीलाई विस्तृतमा जानकारी गराएँ र आपूर्ति व्यवस्था सहज पारिदिन भूमिका निर्वाह गर्न आग्रह गरेँ,’ स्वराजनिवासमा भएको वार्ताबारे थापाले नयाँ पत्रिकासँग भने ।
थापाले आपूर्ति रोकिँदा नेपालमा भारतविरोधी जनमत बढेको र त्यसले दुवै मुलुकलाई फाइदा नगर्नेतर्फ भारत सरकारको ध्यानाकर्षण गराएका थिए । थापाले भारतका पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानसँग पनि यही विषयमा छलफल गर्नेछन् ।
तर, मन्त्री थापाले ‘अत्यावश्यक सामग्री आपूर्ति नियमित गराइदिन सहजीकरण र सहयोगका लागि’ गरेको आग्रहमा विदेशमन्त्री स्वराजले राजनीतिक सहमतिमार्फत असन्तुष्ट पक्षलाई समेटेर अघि बढे सबै कुरा सहज हुने जवाफ दिएको स्रोतले बतायो ।
नयाँ पत्रिका दैनिक बाट
भिडियो हेर्न तल क्लिक गर्नु होस
1 comments
Write Down Your Responses
September 30, 2015 at 6:06 AM
नेपाल भित्र एक नेपाली समुदाय ले अरु नेपाली समुदायहरु लाई उपनिबेसी जनता लाई सरह ब्यबहार गर्छन भने छिमेकी भारत ले नेपाल लाई पनि त्यहि हिसाबले उपनिबेसी ब्यबहार देखाएको अवस्थामा समाधान को उपाय के हुन सक्छ ? मेरो बिचारमा छिमेकी संग टक्कर लिन सक्नको लागि सब भन्दा पहिले सबै नेपाली एक जुट हुनु पर्छ / त्यसको लागि कुनै एक नेपाली समुदाय ले अन्य नेपाली समुदायहरु माथि थिचो मिचो को उपनिबेसी ब्यबहार गर्न बन्द गर्नु पर्छ / त्यस पछि मात्र छिमेकी राष्ट्र भारत संग उपनिबेसी व्यवहार नगर्न को लागि पूर्ण तागतका साथ् प्रस्तुत हुन सकिन्छ र मुद्दा लाई अन्तरराष्ट्रियकरण पनि गर्न सकिने हुन्छ /