भारत गएका नेपाली ट्यांकरचालकहरुले रुदै भन्छन्,‘हामी त मर्ने भयौं, छोराछोरीको राम्रो ख्याल गरिदिनुहोला’
-भानुभक्त खनाल, प्रमुख अमलेखगञ्ज डिपो, नेआनि
असोज ६ गते राति तेल बोक्न भारतीय सीमा क्षेत्रमा पुगेका ५९ ट्यांकर चालकलाई स्थानीय प्रहरीले कुटपिट गरे । हामीलाई ट्यांकरचालकरले रुदै ज्यान मार्ने धम्की दिएको गुनासो गरेका छन् ।
रक्सौलको डिपोअगाडि सबै ट्यांकर रोकिएका छन् । तर ती ट्यांकर र चालकलाई सुरक्षित गर्ने विषयमा आइओसीका अधिकारीले चासो दिएका छैनन् । उनीहरुले हाम्रो समस्यालाई सम्बोधन गर्न उदासीनता देखाएका छन् । कुनै पनि सहयोग गरेका छैनन् ।
बाटोमै रोकिएका ट्यांकरचालकलाई राति भएपछि स्थानीय प्रहरीले  तिमीहरुलाई ट्ंयाकरमै आगो लगाएर जलाउँछौ भन्ने धम्की दिइरहेका छन् । प्रहरीले कुटपिट गर्ने र दुव्र्यवहार गर्ने त सामान्य भइसकेको छ । प्रहरी आफैंले मात्रै दुव्र्यवहार गर्ने र धम्की दिने नगरेरर हाम्रा ट्यांकरचालकहरुलाई धम्क्याउन र कुटपिट् गर्न गुन्डासमेत परिचालन गरिएको छ ।
प्रत्येक रात ट्यांकर चालकहरु हामीलाई मर्न पठाएका रहेछौ भनेर रुदै फोनमा कुरा गर्छन् । कतिपय ट्यांकर चालक त हामी मर्ने भयौं छोराछोरी र परिवार पालिदिनु पर्यो भन्दै रुने गरेका छन् । हाम्रा सबै चालकले होस गुमाएका छन् ।
(नयाँ पत्रिकामा प्रकाशित डिपो प्रमुख खनालको अनुभव)

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.