खिलराज रेग्मीलाई राष्ट्रपति बनाउने प्रयास सुरु
आइतबार, ८ कार्तिक
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मीलाई राष्ट्रपति बनाउन पहल सुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको सर्वदलिय बैठकमा कांग्रेसले खिलराज रेग्मीको नाममा सर्वसम्मती गर्न प्रस्ताव गरेको थियो ।
बैठकमा कांग्रेस सभापति सुशील कोइरालाले कांग्रेसको उम्मेदवारमा सहमति नभए रेग्मीको नाममा सहमति गर्न आग्रह गरेका थिए । कोइरालाले सत्तारुढ दलहरुलाई राष्ट्रपतिमा कांग्रेसले भनेको व्यक्तिलाई विना सर्त सहयोग गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री निर्वाचनमा धोका दिएको कांग्रेसले राष्ट्रपतिमा भने दाबी छाडेको छैन । एमालेका केही नेताहरुले कांग्रेस वर्तमान सरकारमा सहभागि बन्ने भए रेग्मीको नाममा सहमति गर्न सकिने बताएका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.