कुन उमेरको सेक्स बढी आनन्दमयी ? (भिडियोसहित)
एटलान्टाको एउटा सेक्स टोय बनाउने कम्पनी ‘लभहनी’ ले गराएको अध्ययनअनुसार महिलाहरु पूरै जीवनकालमा सेक्सको सबैभन्दा बढी आनन्द २६ वर्षको उमेरमा लिने गर्दछन् । जबकि पुरुष ३२ वर्षको उमेरमा सबैभन्दा बढी यौन आनन्द लिने गर्दछन् ।
यो अध्ययनमा १ हजारलाई सहभागी गराइएको थियो । जसको उमेर १८ देखि ६५ वर्ष थियो । उनीहरुसँग आफ्नो जीवनमा सबैभन्दा बढी यौन आनन्द कुन उमेरमा लिइयो भन्ने प्रश्न सोधिएको थियो । अध्ययनले अहिलेसम्म रहँदै आएको मान्यतालाई ठिक उल्ट्याइदियो । अहिलेसम्म पुरुषले १८ वर्षको उमेर र महिलाहरुले ३५ वषएको उमेरमा बढी यौन आनन्द लिने गरेको मानिँदै आएको थियो ।
अध्ययनमा सहभागीहरुसँग सोधिएको थियो कि उनीहरुले आफ्नो कौमार्य कति वर्षको उमेरमा गुमाए ? कुन उमेरमा सबैभन्दा बढी सेक्स गरे ? कुन उमेरमा सबैभन्दा बढी यौन आनन्द प्राप्त गरे ? अध्ययनमा अधिकांश पुरुषले १७ वर्षको उमेरमा पहिलोपटक सेक्स गरेको बताए भने महिलाहरुले १६ वर्षको उमेरमा कौमार्य गुमाएको बताए ।
अध्ययनका अनुसार पहिलोपटक सेक्स गरेपछि पुरुषहरुले आफ्नो बेस्ट सेक्सका लागि १५ वर्ष प्रतिक्षा गरेका थिए भने महिलाहरुले १० वर्षपछि बेस्ट सेक्सको अनुभव गरेका थिए । रिलेशनसीप एक्सपर्ट ट्रेसी काक्सका अनुसार अन्य सबै कुराजस्तै सेक्स पनि तपाई जति बढी गर्नुहुन्छ, त्यति नै बढी उत्तम हुँदै जान्छ । एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नु होस
0 comments
Write Down Your Responses