कति होला संसारमा पोर्न साइट? (भिडियोसहित)
इन्टरनेटमा अश्लिल सामग्री कति छ ? यस विषयमा सामान्यतः बढाईचढाई दावी हुने गरेको छ।
बालबालिका, किशोरको सेक्सप्रतिको बुझाई र उनीहरुमा पोर्नोग्राफीको असरका विषयमा ब्रिटेनका राजनेता, पीडित र मिडियाबीच गरमागरम बहस चलेको छ। बहसमा अलगअलग आँकडा प्रस्तुत भएको छ, तर वास्ताविकताको कसीमा यसमध्ये केही आँकडा खरो उत्रेको छ ।
नेट फिल्टरिङ फर्म ‘अप्टेनेट’ को तथ्याङ्कअनुसार इन्टरनेटमा रहेको अश्लिल सामग्री कुल सामग्रीको ३७ प्रतिशत छ । पेजमा आधारित यो आँकलन जुन २०१० मा एउटा प्रेस विज्ञप्तिका रुपमा जारी गरिएको थियो ।
तर, शोधकर्ताहरुले संसारको दश लाख सबैभन्दा लोकप्रिय साइटको अध्ययन गरे । अध्ययनमा उनीहरुले मात्र चार प्रतिशत साइट मात्र पोर्नसँग सम्बन्धित पाए । यो अध्ययनबाट स्पष्ट हुन्छ कि पोर्न साइटको अर्काइभ निकै ठुलो छ । त्यसको तुलनामा त्यस्तो पेज हेर्नेहरुको संख्या निकै कम छ ।
सफ्टवेयर, हार्डवेयर र गैजेट्ससँग सम्बन्धित सामग्रीको वेभसाइट ‘एक्स्ट्रीम टेक’मा प्रकाशित एउटा लेखका अनुसार इन्टरनेटमा हेरिने साइटमा ३० प्रतिशत पोर्न साइट छन् । web_porn_webcam_1
प्लेब्वाई साइटको प्रवर्द्धन गर्ने कम्पनीका अनुसार उसको सबै साइट हरेक दिन सात करोडले भिजिट गर्ने गर्दछन् ।
सन् २०१०मा अश्लील सामग्रीमा लामोछोटो अध्ययनसँग जोडिएको पुस्तक ‘वन बिलियन विकेट थाट्स’का सहलेअक डाक्टर ओग ीओगासका अनुसार यदि इन्टरनेटमा मौजुदा दावीभन्दा कम पोर्न रहेपनि त्यो निकै धेरै हो ।
उनले भने–१४ प्रतिशत सर्च र चार प्रतिशत वेभसाइट सेक्ससँग सम्बन्धित छन् । यो निकै ठुलो संख्या हो। एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.