भारतको जमिनमा अब अमेरिकाले ड्याम निर्माण गर्ने
नयाँदिल्ली, ७ कात्तिक । पाकिस्तान र अमेरिकाबीच बढ्दो सम्बन्धलाई लिएर भारतले असन्तुष्टि जनाएको छ । विशेष गरेर पाकिस्तान शासित कश्मीरमा ड्याम निर्माणको विषयमा भारतले सार्वजनिक रुपमा आफ्नो असन्तुष्टि जनाएको हो ।
अमेरिकाले पाकिस्तान अधिनस्त काश्मीरमा ड्याम निर्माणका लागि अमेरिकाले सहयोग गर्ने आश्वासन दिएको छ ।
नेपाली भूमि कालापानी, लिपुलेक, सुस्तालगायतका स्थानमा अतिक्रमण गरेको भारतलाई आफ्नो भूमिमा पाकिस्तानले दाबी गर्दा विरोध गर्ने गरेको छ । काश्मीरमा पाकिस्तान र भारतले आ–आफ्नो भूमि भएको भन्दै दाबी गर्दै आएका छन् ।
काश्मीरमा सोही विवादका कारण लामो समयदेखि लडाइँ हुँदै आएको छ । अमेरिकाले त्यस विषयलाई ध्यानमा राखेर भारतको विपक्ष र पाकिस्तानको पक्षमा सहयोग गर्ने जनाएको हो ।
पाकिस्तानलाई अमेरिकाले गर्न थालेको सहयोगको विरोधमा भारतले शुक्रबार काश्मीर आफ्नो अभिन्न अंग रहेको दाबी गर्दै प्रतिक्रिया दिएको छ । त्यसैले यस क्षेत्रमा हुने सम्झौता र सहयोगप्रति आफूलाई मान्य नहुने भारतले जनाएको छ ।
अमेरिका र पाकिस्तानबीच हतियार साम्झौताप्रति पनि भारतले आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । – एजेन्सी


0 comments

Write Down Your Responses

Powered by Blogger.