भारतलाई चीनको कडा चेतावनी
एजेन्सी । चीनले आफूविरुद्ध भइरहेका गतिविधि बन्द गर्न भारतलार्इ चेतावनी दिएको छ ।
चिनियाँ सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार चीन सरकाले दुर्इ देशबीचको सम्बन्ध राम्रो रहेको जनाउँदै आफ्ना विरोधीहरुसँग उठबस नगर्न भारतलार्इ चेतावनी दिइएको हो ।
चीनको यो कडा टिप्पणी भारत मालाबार नौ सैन्य अभ्यासमार्फत जापानसँग जोडिएको पृष्ठभूमिमा आएको हो ।
चिनियाँ सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ मा बुधबार प्रकाशित एक लेखमा भनिएको छ ‘चीन भारत सम्बन्ध धरै राम्रो अवस्थामा छ । यसकारण स्वस्थ सम्बन्ध दुबै देशका लागि लाभदायक हुनेछ । भारतलार्इ चीन विरोधी खेममा लैजाने प्रयासबारे उसले सतर्क रहन जरुरी छ ।’
पत्रिकामा भारत-चीन संयुक्त अभ्यास र मालाबार अभ्यासबारे उल्लेख गरिएको छ । मालाबार अभ्यासमा भारत, अमेरिका र जापानको नौ सैनिकले भाग लिएका छन् ।
आइतबारमात्रै चीनको युन्नान प्रान्तको कुनमिङ्ग शहमा १० दिने भारत-चीन आतंकवाद निरोधक संयुक्त सैन्य अभ्यास शुरु भएको छ। ‘ह्यान्ड इन ह्यान्ड २०१५’ यस अभ्यासको उपनाम रहेको छ ।
‘कनकरेन्ट इन्डिया ड्रिल्स स्पार्क नेसेसरी स्प्याक्युलेसन’ शीषर्कको उक्त लेखमा चीन-भारतले सैन्य अभ्यास थालेको अघिल्लो दिन बंगालको खाडीमा भारत, अमेरिका र जापानले त्रिपक्षीय अभ्यास शुरू गरेकव जनाइएको छ ।
‘मालाबार एक द्विपक्षीय नौसैन्य अभ्यास हो, जसमा अमेरिका र भारतको साथमा यो वर्ष जापान पनि सामेल हुन पुगेको छ । चीले यो सैन्य अभ्यमा वासिंगटन गर नयाँ दिल्लीले जापानलार्इ स्थायी साथी बनाउने कुराको बिचार गरेपछि चीनले यो चेतावनी दिएको हो ।
लेखमा भनिएको छ, ‘मानिसले यो पनि भनेका छन् कि जापानलार्इ मालाबार अभ्यासमा शामिल गरेर भारतले चीनतर्फ नजर लगाइरहेको छ र यो सैन्य अभ्यासको लक्ष्य पनि चीन नै हो ।’
मालाबार अभ्यासबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनिङ्लेग दुर्इ दिन पहिले पत्रकारहरुसँग भनेका थिए, ‘दुनियाँमा प्रत्येक दिन कयौं गतिविधि भइरहेका छ्न । हामी हरेक गतिविधिलार्इ चीनसँग जोड्न सक्दैनौं ।’
ग्लोबल टाइम्सको लेखमा भनिए अनुसार भारतीय अधिकारीले जोड दिँदै भनेका छन् कि दिल्ली बहुपक्षीय कूटनीति अपनाइरहेको छ।
‘भारतको नीति र रणनीति उसको राष्ट्रिय हितमा आधारित छ। यो पुष्टि भएको छ कि पछिल्लो दशकमा भारत स्वतन्त्र विदेश नीतिमा कायम रहेको छ र उसले चीनको सामना गर्नका लागि कुनै साँठगाँठको हिस्सा बन्न चाहेको छैन’, लेखमा भनिएको छ,’ ‘चीन र भारतलार्इ नजिक आउने प्रयासमा पश्चिमाहरुले रोक लगाउँछन् । जसको कोशिस दुबै देशबीच कुनै न कुनै मुद्दामा विवाद निकालिरहने हुन्छ ।’
चीन र भारतबीच सीमा विवाद र उनीहरुबीच भू-राजनीतिक प्रतिद्वन्द्विता तथा परस्पर अविश्वास हटाउने प्रयास एकदमै सुस्त गतिमा भइरहेको छ । तर त्यसको विपरित दुबैबीच शत्रुता बढिरहेको छ । चीनको तीव्र आर्थिक विकास र सैन्य क्षमतालार्इ लिएर भारत सतर्क रहेको छ।
यही कारण अन्य देशका लागि बेइजिंग र नयाँ दिल्लीसँगै अघि बढ्न अन्य देशलार्इ अवसर मिलिरहेको छ । ‘तर चीन र भारत यस ठोस सहमतिमार पुगिसके कि द्विपक्षीय सम्बन्धलार्इ अघि बढाउने काममा कुनै मतभेद बाधक बन्न नसकोस् ।
लेखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत मईमा सम्पन्न चीन भ्रमणका क्रममा बनेको यस सहमतिको पनि जिकिर गरिएको छ। सोही सहमतिलार्इ उधृत गर्दै लेखमा दुबै देशबीचको मतभेद हटाउन र अन्य समस्या नियन्त्रण गर्नका लागि पर्याप्त राजनीतिक बुद्धिमता देखाउनु जरुरी छ ।
‘चीन र भारत दुबै आर्थिक उन्नतितर्फ लम्किरहेका देश हुन् र असहमतिको तुलनामा दुबैबीच समान हित धेरै रहेका छन्’, लेखमा भनिएको छ, ‘दुबै देशको सामुन्ने विकास प्रमुख काम हो र यस्तो अवस्थामा कुनै पनि पक्ष भू-राजनीतिक प्रतिस्पर्धालार्इ प्राथमिकता दिँदैनन् ।’ अन्नपूर्ण पोष्टमा समाचार छ ।




0 comments
Write Down Your Responses