संसदबाट ओलीले दिए भारतलाई धम्की
बिहीबार, २८ असोज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा आउन आह्वान गरेका छन् । प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनका सबै कार्यक्रम त्यागेर तत्काल वार्तामा आउन आग्रह गरेका हुन् ।
उनले सबै माग सम्बोधनकालागि सरकार थयार भएकाले आन्दोलनको जरुरत नभएको बताए । उनलवे इन्धन आपुर्तिमा सहजता ल्याउनकालागि सरकारले तत्काल कदम चाल्ने बताए ।
उनले भारतले इन्धन दिन कन्जुस्याईं गरे आफुहरु पनि हेरेर नबस्ने बताए । उनले चाडबाडको मुखमा आएर लगाइएको नाकाबन्दीले सबैलाई असुविधा भएकाले तत्काल नाकाबन्दी सहज ढंगले फुकुवा गर्न भारतलाई आग्रह पनि गरे ।
उनले नेपालमा जबरजस्ती नाकाबन्द लगाउने काम नगर्न भारतलाई चेतावनी समेत दिए । उनले इन्धन व्यवस्थापनमा सहयोग गर्न सबै निकायलाई आग्रह समेत गरेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.