ग्यास अब चीनबाट ल्याईने
व्यवसायीहरुले यसअघि नै चीनबाट ग्यास ल्याउने प्रस्ताव गरेपनि सरकारले कुनै जवाफ दिएको थिएन ।
करिब १ महिनादेखि भारतबाट पेट्रोलियम पदार्थ आयातमा देखिएको अवरोधका कारण राजधानीसहित देशैभर ग्यासको हाहाकर भएको छ । होटल तथा रेस्टुरेन्टजस्ता व्यवसायहरु पनि प्रभावित भएका छन् ।
यसक्रमा मंगलबार प्रधानमन्त्रीलाई भेट्न पुगेका व्यवसायीहरुले सरकारले चीनबाट आयात हुने ग्यासमा सबै कर छुट दिनुपर्ने बताएका थिए । कर छुट र सरकारले केही अनुदान दिने हो भने ग्यास अहिलेकै मुल्यमा बेच्न सकिने उनीहरुको भनाइ थियो ।
0 comments
Write Down Your Responses