गीत गाउन नसक्ने भए पशुपति शर्मा
काठमाडौं,
चर्चित लोक गायक पशुपति शर्मा केही समयका लागि गीत गाउनबाट नसक्ने भएका छन् । गत बर्ष जस्तै अहिले पनि उनको घाँटीमा समस्या देखिएकाले उनले केही समय स्टुडियो देखि स्टेजसम्म गीत नगाउन चिकित्सकहरुको सुझाब छ । चिकित्सकहरुको सल्लाह अनुसार अब उनी केहि समय कुनै पनि गीत गाउने छैनन् ।

चिकित्सकहरुका अनुसार उनी दशै अघि अथवा अझै १५ दिन गाउन र आबश्यक भन्दा बढि बोल्न समेत कम गर्नुपर्ने छ । उनले यो कुरा आफ्नो फेसवुक स्टाटसमा समेत उल्लेख गरेका छन् । उनले भनेका छन धेरै कार्यक्रमका लागि बचन दिएको छु । तर जान नसक्ने भए । साथीभाईहरुले यो समस्या बुझिदिन उनको आग्रह छ । गत बर्ष पनि शर्मा यही समस्याले ग्रसित थिए ।



0 comments

Write Down Your Responses

Powered by Blogger.