बुकीसँग बसेर रक्सी पिउँने अनि पैसामा दलाली गर्थे कप्तान सागर थापा
काठमाण्डु, २९ असोज– म्याच फिक्सिङ आरोपमा बुधबार पक्राउ परेका राष्ट्रिय टिमका चार खेलाडी र प्रशिक्षकमध्ये कप्तान सागर थापा र प्रशिक्षक अन्जन केसी मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ ।
लामो अनुुसन्धानपछि प्रहरीले थापा र केसीसहित खेलाडीहरु रितेश थापा, सन्दीप राई र विकाससिहं क्षेत्रीलाई बुधबार प्रक्राउ गरेको थियो । उनीहरूलाई राज्य विरुद्धको अपराधअन्र्तगत कारबाही अगाडि बढाउने तयारी प्रहरीको छ । पक्राउ गरेको २४ घन्टाभित्र न्यायिक÷अर्धन्यायिक निकायसमक्ष हाजिर गराउनुपर्ने कानुनी प्रावधान भएकाले उनीहरूलाई प्रमुख जिल्ला अधिकारीसमक्ष उपस्थित गराई मुद्दा दर्ता गराइएको हो । चाडबाड बिदाका कारण दसैंपछि मात्र अदालतमा उपस्थित गराइने उनीहरूलाई हिरासतमै राखिनेछ ।
उनीहरू पाँचै जनालाई एन्फाले बिहीबार निलम्बन गरेको छ । म्याच फिक्सिङ आरोपमा प्रहरीले अन्य स्थापित तीन खेलाडी, एक अफिसियल र एक बैंक कर्मचारीलाई पनि पक्राउ गर्ने तयारी गर्ने स्रोतले बतायो । अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार पक्राउ परेका सबै खेलाडीले संलग्नता स्विकारे पनि अहिलेसम्म कुनै अफिसियलका नाम लिएका छैनन् । ‘उनीहरूले हामीले पैसा लिएका हौँ भनेका छन्’ उनले भने । प्रहरीका अनुसार सन् २००८ यताका अधिकांश अन्तर्राष्ट्रिय म्याच फिक्सिङ भएका छन् । सागर थापा र अन्जन केसी लगायतको मिलिमतोमा २००८ देखि नेपाली फुटबलमा फिक्सिङ हुन थालेकोे हो । केसीले खेलाडी छँदै मिलिमतो थालेका र पछि प्रशिक्षक भएपछि त्यसको दायरा झन् बढेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
म्याच फिक्सिङ हुँदा टिमका हरेक खेलाडीले बुकीबाट ५ हजार अमेरिकी डलर लिने गरेका थिए ।
खेल हुने अघिल्लो दिनै विभिन्न रेस्टुरेन्ट तथा महंगा होटलमा अन्तर्राष्ट्रिय फिक्सरसँग बसेर मोलमलाई गरिएको प्रहरीको दावी छ । ‘बुकीसँग बसेर रक्सी खाएरै मोलमलाई गर्ने रहेछन् एसएसपी खनालले भने ।
–कान्तिपुर दैनिकबाट


0 comments

Write Down Your Responses

Powered by Blogger.