मधेसीपछि भारत गुहार्ने पालो जनजातीको
उनीहरुले मधेसवादी दलहरुले जस्तै कडा आन्दोलन गर्न नसकेपनि आफूहरुको मागलाई समर्थन गर्न भारतीय राजदुत रणजीत रेसँग आग्रह गरेका थिए ।
भेटमा सहभागी जनजाती नेता आङकाजी शेर्पाले भने, ‘मधेसीको जस्तै अधिकारका लागि आन्दोलित भएकाले हाम्रा मुद्धा र चासोबारे राजदुतलाई जानकारी गरायौं ।’
जनजाती नेताहरुले भारतले नेपालका विभिन्न राजनीतिक परिवर्तनको बेलामा साथ दिएजस्तै अधिकारका लागि लडेका आदिबासीहरुको आन्दोलनलाई पनि समर्थन गर्न अग्रह गरेका थिए ।
शेर्पाले आफूहरुले अहिलेको संविधान आफूहरुले स्वीकार नगरेको र अब हुने वार्ता तथा सम्वादमा आदिवासी जनजातिको मुद्दा सम्वोधन नभए त्यसलाई नमान्ने बताए ।
जनजाती आन्दोलनमा राजदुतको समर्थन
जवाफमा राजदुत रेले असन्तुष्ट पक्षका माग सम्बोधन नगरी प्रमुख दलल संविधान जारी गरेकाले नेपालमा समस्या भएको बताए ।
उनले भारतले सधैं नेपालको हित चाहेपनि नेपालीहरुकै आन्दोलनका कारण सीमा क्षेत्रमा आयात निर्यातमा अफ्ठेरो परे पनि नेताहरुले नाकाबन्दी भनेर प्रचार गरेको गुनसो गरेका थिए ।
उनले नेपालको भूभागमा नै आन्दोलन भएकाले सहज निर्यात हुन नसकेपनि भारतलाई दोषी देखाउन नहुने भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।
उनले आफूहरुले मेलमिलाप र सबैको सहमति होस् भन्ने चाहेको बताए । तर नेपालमा आन्तरिक मामिलामा हस्तक्षेप गर्न नखोजेको भन्दै उनले केहीले अपव्याख्या गरेको बताए ।
दुतावासमा आङकाजी शेर्पा, पासाङ शेर्पा, महेन्द्र थापामगर र खगेन्द्र माखिमलगायतका नेताहरु पुगेका थिए ।
1 comments
Write Down Your Responses
October 7, 2015 at 8:43 AM
आफ्नो देशमा जातीय अधिपत्य जमाउन बिदेशी गुहार्नु लाजमर्नु ....