नेता भातमारा, आइजीपी ज्यानमारा
काठमाडौं । संसदीय छानबिन समितिले भदौ ७ को कैलाली नरसंहारमा मधेसी नेता उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेसकुमार सिंहलाई ‘जे छ त्यही हतियारले पहाडीलाई लखेट, सिध्याउ’ भन्ने भाषण गरेर उत्तेजित पारेको आरोप लगाएको छ भने पूर्व राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको नेतृत्वमा गठित छानबिन समितिले डेढवर्षका बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीको हत्या हुनुमा सशस्त्रका आइजीपी कोषराज वन्तलाई मुख्य दोषी ठहर गरेको छ ।
संसदीय समितिको रिपोर्ट आइसकेको छ भने शर्मा छानबिन रिपोर्ट छिटै गृहले सार्वजनिक गर्ने सम्भाबना छ । छानबिन रिपोर्ट चुहिएपछि नेताहरुलाई भातमारा र नेपाल प्रहरीभित्र सशस्त्र आइजीपीलाई ज्यानमारा भन्न थालिएको छ । सशस्त्रका आइजीपीले पटक पटक भीडलाई नियन्त्रण गर्न फायर खोल्न आदेश माग्दा आइजीपी वन्तले कुनै हालतमा फायर नखोल्नु भनेर निषेधात्मक आदेश जारी गरेका थिए ।
आइजीपीको यो आदेश रेकर्ड गरिएको छ र त्यो आदेश नेपालको सुरक्षा इतिहासमा कलंकको रुपमा रहेको सुरक्षाविदहरु बताउँछन् । फायर खोल्न आदेश दिएको भए कैलालीमा सुरक्षाकर्मी र एक बालकको त्यस्तो निर्मम हत्या हुने थिएन भन्ने नेपाल प्रहरीको गम्भीर गुनासो रहेको छ । गृह मन्त्रालयभित्र समेत सशस्त्रका आइजीपी कोषराज वन्तप्रति नकारात्मक भावना बढेको छ । तर के गर्ने ?
वन्त माओवादी सिफारिसमा आइजीपी बनेका हुन् र उनी प्राविधिक लाइनका भएकाले फौजी तौरतरिका उनलाई कखरा पनि थाहा छैन । संसदीय र छानबिन समितिको रिपोर्टबारे आजै सुरु हुने संसदमा प्रश्न उठ्न सक्नेछ ।
तर प्रश्न नउठोस्, गृहले रिपोर्ट सार्वजनिक नगरोस्, आफूमाथि सुरक्षाकर्मीको हत्याको आरोप नलागोस् र असक्षम आइजीपी भनेर कलंकित हुन नपरोस् भनेर आइजीपी कोषराज वन्तले थैली खोलेर मुखबुजो लगाउन थालेको खबर छ । खासगरी खन्चुवा गृहमन्त्री वामदेव गौतमलाई आफ्नो पक्षमा उभ्याएर ससम्मान रिटायर हुने रणनीतिमा कोषराज वन्त लागिपरेको खबर छ ।
सुरक्षाकर्मीकै ज्यानमारामाथि पनि कुनै कारवाही हुन्न त ? वन्तमाथि कारवाही नहुने हो भने के को लोकतन्त्र ? के को बिधिको शासन ? भनेर नेपाल प्रहरीभित्र आक्रोस उत्पन्न हुनथालेको खबर राजतिलकमा छ ।




0 comments
Write Down Your Responses