मधेसीले पहाडी शासकसँग लड्नुपर्छ, जित सुनिश्चित छ
– विवेक विश्वकर्मा
रुपन्देहीको धकधईमा संयुक्त संघीय मधेशी थरुहट संघर्ष समितिद्वारा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै भट्टराईले थारु, मधेशी, महिला, आदिबासी, जनजाति लगायत उत्पीडित बर्ग तथा सामुदायलाई अधिकारबाट बन्चित गरि टुकी र साईकलको खोक्रा राष्ट्रबादको राग अलाप्नु गलत भएको बताए ।
उनले आफ्नै देशलाई आधुनिक कृषिकरण र औद्योगिकरण मार्फत नेपाललाई प्रगतिशील राष्ट्रबादतिर उन्मुख गराई युवाहरुलाई बिदेश पलायनबाट रोक्न देशमै उत्पादन गरेको बस्तु प्रयोग गर्नु सच्चा राष्ट्रबाद रहेको प्रष्ट पारे ।
नेता भट्टराईले अंग्रेजसँग लडेर सीमा जोगाउने मधेसी समुदायलाई अराष्ट्रबादी भन्ने खस पहाडी उच्च अहंकारवादी नेताहरुले नै सुगौली लगायत असमान सन्धि सम्झौतामा हस्ताक्षर गरि राष्ट्रघात गरेको जगजाहेर हुँदाहुँदै पनि तिनै शाषकवर्गका हिमायतीहरु पचपन्न दिनदेखि अधिकारका लागि आन्दोलनरत मधेशी जनतालाई भारतीय भनेर अधिकारबाट बन्चित गर्नु दुर्योधन झै पाण्डवहरुलाई महाभारत निम्त्याउनु सरह भएकोले मधेसी समुदायको जीत सुनिश्चत रहेकोले संघर्ष अझै सशक्त र निरन्तर जारी राख्नुपर्ने जिकर गरे ।
उनले भने- आफू महाभारतको भीष्म जस्तै दुर्योधन जस्ता अन्यायी कौरवहरु गद्दीमा बसेको कारण सत्य र न्यायकोपक्षमा वाणको शैयामा लडिरहेको स्मरण गराउँदै उत्पीडनबिरुद्ध लड्दालड्दै ३५ बर्षको पार्टी र सभासद पद परित्याग गरी रणभूमिमा उत्रेपछि अन्तिम साँस रहेसम्म उत्पीडित बर्ग तथा समुदायकै मुक्तिका खातिर संघर्ष जारी राख्ने भीष्म प्रतिज्ञा समेत गरेका छन ।
नेता भट्टराईले काग्रेस र एमालेको त कुरै छोडौ तिनीहरुको भित्री ईच्छा संबिधानसभा र संघीयता नहुँदा नहुदै पनि जनताले यहाँ सम्म लतारेर ल्याएको एमाओबादी पार्टी भित्र पनि रेड स्टिकर टाँसिएपछि भूकम्पमा परि भत्किएको घर नयाँ घर बनाए जस्तै आफूले पनि भत्किएको एमाओबादी पार्टी परित्याग गरि संघीय लोकतान्त्रिक गणतन्त्र, पूजीबाद र समाजबादी नया ब्यवस्थामार्फत सम्बृद्ध नेपाल बनाउनका लागि नयाँशक्ति निर्माण गर्न देशब्यापी रुपमा जनता सँग सरसल्लाह गरि रहेको खुलासा समेत गरेका छन ।
भट्टराईले आफू प्रगतीशील राष्ट्रबादका निम्ति पार्टी र सभासद पद त्याग गर्दा आफूलाई भारतीय एजेन्ट भन्ने नेताहरु प्रधानमन्त्री पदका लागि मर्यादा बिर्सेर दुनियाँ सामु भारतबादी बन्ने होडबाजी र फोहोरी खेल खेलिरहेको जनताले मुल्याँकन गर्ने बेला आएको जिकिर गरेका छन ।
दैनिक नेपाल/
http://goo.gl/vPbEJG




0 comments
Write Down Your Responses