एमाले र एमाओवादीले रोके फास्टट्रयाक, देउवाको नियत नांगियो
काठमाडौं, २० असोज । भारतीय कम्पनी आईएल एन्ड एफएससंग सम्झौताको अन्तिम तयारी भईरहेको काठमाडौ-तराई द्रुतमार्गका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अशोभनीय चासो देखाइरहेका प्रमाणित भएको छ ।

मुलुक संकटबाट गुज्रिरहेका बेला उनकै समर्थक मन्त्री रहेको भौतिक योना तथा यातायात मन्त्रालयले तयार पारेको सम्झौतामा दलीय सहमति जुटाउन आयोजित आजको बैठकमा देउवाले त्यस्तो चासो देखाएका हुन् । सो मन्त्रालयका मन्त्री विमलेन्द्र निधी हुन् ।

नेकपा एमाले र एमाओवादीको विरोधका कारण सो सम्झौतामा सहमति जुटन् सकेन ।

एमालेले तत्कालको तयारी अनुसारको विषयमा विरोध जनाउदै प्रक्रिया अघि बढाउनु नहुने सुझाब दिएपछि समझदारी जुट्न नसकेको हो । छलफलमा प्रधानमन्त्री शुशिल कोईराला, मन्त्रीहरु, कांग्रेस नेता शेर बहादुर देउवा, रामचन्द्र पौडेल एमाले नेताहरु माधब नेपाल, झलनाथ खनाल, भिम रावलको थियो । एनेकपा माओवादीबाट स्वयं अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता शक्ति बहादुर बस्नेत सहभागी थिए ।

छलफलमा एमाले नेता नेपालले व्यवस्थापिका संसदका समितिहरु र विज्ञहरुले उठाईरहेको बिषयमा सम्बोधन गर्नुपर्ने सुझाब दिए भने उपप्रधान मन्त्री बामदेब गौतमले वर्तमान सरुकार कामचलाउ भएकाले अहिले सम्झौता अघि बढाउन नहुने बताए ।  प्रचण्डले हालका व्यवस्थाहरु अनुसार सम्झौता बढाउन नसकिने बताएका थिए ।

कांग्रेस नेता देउवाले तत्काल सम्झौता गर्न जोड दिएका थिए बैठकमा सहभागी एक नेताले बताए । देउवाले सम्झौता अहिले नगरे समस्या बढ्ने बताएका थिए ।

मन्त्रालयले आइएल एन्ड एफएससंग निर्माण सम्झौता गर्ने गरि मन्त्रीपरिषदमा गत साता प्रस्ताब पठाएको पनि एमाले मन्त्रीहरुको बिरोधका कारण निर्णय हुन सकेको थिएन । समझदारी जुटाउनका लागि सरकारलो शिर्ष नेतृत्वसंग छलफल गरेको हो ।

संकटका बेला यस्तो प्रस्तावमाथि छलफल हुनुलाई नै आश्चर्यजनक मानिएको छ । आजको बैठकमा काँग्रेस नेता देउवाको प्रस्तुती र तर्क सुनेपछि सहभागीहरु नै दंग परेका छन् । एक सहभागी नेताले भने, ‘उहाँको हालैको दिल्ली भ्रमणको उद्देश्य थाहा पाइयो ।’

puleso बाट


0 comments

Write Down Your Responses

Powered by Blogger.