डेढ करोड पर्ने सुनको कपमा चिया पिउँछिन् यी महिला
एक अंग्रेजी पत्रिकाका अनुसार, सबैभन्दा पुरानो जापानीे ब्रान्ड ‘नोरिटेक’को कपमा चिया पिएर उनले आफ्नो दिनको सुरुवात गर्छिन् । नोटरीक क्रोकर ब्रान्डबाट बनेका कपमा सुनको बोर्डर लगाइएको छ । पचास पिस कपको एक सेटको मुल्य डेढ करोड रुपैँया हो । अर्थात्, एक कप चियाको मुल्य तीन लाख रुपैयाँभन्दा माथि हुन आउँछ ।
नीता अम्बानी विश्वका सबैभन्दा महँगा ब्रान्डका हेन्डब्याग बोक्छिन् । चनेल, गोयाई र जिम्मी चू केरी उनको रोजाइमा पर्ने ब्रान्ड हुन् । नीताले लगाउने प्रत्येक गहना हिरा जडित हुन्छन् नै, उनले बोक्ने हेन्डब्याग पनि हिरा जडित नै हुन्छन् । उनले बोक्ने हेन्डब्यागको मुल्य ३–४ लाखदेखि सुरु हुन्छ ।
नीता अम्बानीको कपडा र जुत्ता कहिले पनि दोहोदिैनन् अर्थात् उनी एक पटक लगाएको कपडा वा जुत्ता पुन दोहो¥याएर लगाउदिनन् । उनीसँग पेड्रो, गार्सिया, जिम्मी चू, पेलमोडा, मार्लिन ब्रान्डका जुत्ता र स्यान्डल छन् ।
0 comments
Write Down Your Responses