बिद्या भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा
काठमाडौं, ११ कार्तिक । गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति एमाले नेत्रृ बिद्यादेवी भण्डारी बनेकी छिन् । नेपालको दोस्रो र महिलाबाट पहिलो राष्ट्रपति पराजित गरेकी छिन् । भण्डारीले कांग्रेसका उम्मेद्धार कुलबहादुर गुरुङलाई ११३ मत अन्तरले पराजित गरेकी छिन् ।
बुधबार ब्यवस्थापिका संसदमा भएको गोप्य मतदानमा भण्डारीले ३२७ मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी गुरुङले २१४ मत प्राप्त गरेका छन् ।
भण्डारी एमाले जननेता मदन भण्डारीकी धर्मपत्नी हुन् । २०५० सालमा मदन भण्डारीको रहस्यमय मृत्यू भएपछि उनी नेपाली राजनीतिको केन्द्रबिन्दुमा पुगेकी हुन् । मदन भण्डारीको निधनपछि केन्द्रीय समिति सदस्य बनेकी भण्डारी हाल एमालेको उपाध्यक्ष पदमा बहाल थिइन ।
तीन पटक सांसद र एक पटकमन्त्री भइसकेकी भण्डारी देशकै सवैभन्दा ठुला पदमा पुग्ने पहिलो महिला भएकी छिन् ।
बिद्या भण्डारीको यात्रा शिक्षक देखि राष्ट्रपतिसम्म
२०१८ असार ५ गते भोजपुरको गुराँसेमा भण्डारी जन्मिएकी हुन् ।  बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट जन्मेकी भण्डारी १८ बर्षको उम्मेरदेखि राजनीतिमा लागेकी हुन् ।  २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय भएकी हुन् । राजनीतिमा लागेको एक बर्षमै उनको तत्कालिन मालेका नेता तथा मदन भण्डारीसँग चिनजान भएको थियो । २०३७ सालमा तत्कालीन नेकपा(माले) मा सङ्गठित भई दिर्घकालीन राजनीतिमा सक्रिय बनेकी भण्डारीको मदन भण्डारीसंग २०३९ सालमा विवाह भएको थियो ।
विवाह भएपछि भण्डारीले घरको काम धन्दा चलाउन भोजपुरकै एक बिद्यालयमा अध्यायपन गराउन थालेकी थिइन । आइएसम्मको अध्ययन गरेकी भण्डारीले केही बर्ष प्राथमिकता तहको शिक्षक बनेकी थिइन ।
२०३९ सालपछि राजनीतिकरुपमा सामान्यरुपमा सक्रिय भएपनि जननेता मदन भण्डारीको निधन पछि उनी राजनीतिमा थप सक्रिय भएकी हुन् । मदनको निधन पश्चात उनी पार्टीको केन्द्रीय समितिमा आएकी हुन् । त्यसपछि  २०५१ उनले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर थप चर्चामा आएकी थिइन ।
२०५६ सालको तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डौं क्षेत्र नं. २ बाट निर्वाचित भण्डारी २०६४ मा पराजित भएकी थिइन । हाल समानपातिक सभासद् समेत रहेकी भण्डारी मदन भण्डारीकै निर्वाचन क्षेत्रबाट उम्मेद्धार बन्दै आएकी थिइन ।


0 comments

Write Down Your Responses

Powered by Blogger.