विवाहअघिको अवैध सम्बन्धलाई छिपाउन युवतीहरुको यस्तो काइदा
 विवाहअघिको अवैध यौनसम्बन्धलाई छुपाउनका लागि खासगरी सहरीया भारतीय युवतीहरु रिभर्जिन बन्ने गरेको खुलासा भएको छ । जुन युवतीको विवाह अघि नै अवैध सम्बन्ध कायम भएको छ, उनी अब सर्जरीको सहायताले पुन: भर्जिन बन्दै पतिसामु कुमारीको रुपमा पेश हुन चाहन्छिन् ।

विवाहको सिजनमा ज्यादा डिमाण्ड, महिनामा सरदर २० केश

रिभर्जिनिटीको यो दौडमा कतिपय विवाहित महिलाहरु पनि छन् । उनीहरु विवाहको १५औं र २५औं वार्षिकीमा पतिलाई यस्तो उपहार दिएर फिदा बनाउन उद्दत रहने गरेको पाइएको छ ।

भारत चण्डीगढका प्लास्टिक सर्जन डा. दिपक कालिया भन्छन्, ‘सातामा चार-पाँचवटा यस्तो सर्जरी भइरहेको छ । विवाहको मौसममा यसको डिमाण्ड बढ्ने गरेको छ । हामीकहाँ महिनामा सरदर २० वटा यस्ता केश आउने गरेका छन् ।’ यसरी पुन: भर्जिन बन्नका लागि गराइने सर्जरीमा ४५ हजार भारु बराबरको खर्च हुन्छ ।

भारतमा मात्रैं होइन अन्य कैयन देशमा यस्तो सर्जरी लोकप्रिय छ । खासगरी मुस्लिम देशमा युवतीहरु यस्तो सर्जरी गराउँछन् । महिलाहरु प्रति निकै निर्मम र रुढीग्रस्त मुस्लिम सम्प्रदायमा यस्तो शल्यक्रिया लोकप्रिय बन्दै गएको छ ।

समाजको डर
इण्डियन सोसाइटीमा यदि कुनै युवतीले विवाह अघि नै सारीरिक सम्बन्ध कायम गरेको थाहा भएमा उनको वैवाहिक जीवनमा नै तुफान आउँछ । सोही कारण सहरीया युवतीहरु रिभर्जिनिटीका लागि यस्तो शल्यक्रिया गराउन लालायित छन् ।
यस प्रकारको हाइमनोप्लास्टी सर्जरीका लागि फेमस डा. दिपक कालियाले भने, ‘यस्तो सर्जरीको कन्सेप्ट पूरानै हो । पहिले निकै कम युवतीले यसप्राकारको सर्जरी गराउने गरेका थिए । अहिले त्यो स‌ंख्यामा काफी बढोत्तरी भएको छ ।

उनले छिमेकी देशहरुबाट पनि यो सर्जरीका लागि युवतीहरु आउने गरेको बताए । तर कुन-कुन छिमेकी देशबाट भन्ने उनले कुनै उल्लेख गरेनन् । आजकल खासगरी चण्डीगढका युवतीहरुमा रिभर्जिनिटी सर्जरी गराउने ट्रेण्ड नै चलेको छ ।




0 comments

Write Down Your Responses

Powered by Blogger.