बाबुरामको आरोप– प्रचण्डपथ ओलीपथमा पतन भइसक्यो (सुन्नुहोस् अडियो)
पाल्पा, १९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्पीडितको पक्षमा बोल्न थालेपछि आफूलाई दुश्प्रचार गरेर पाताल पुर्याइएको गुनासो गरेका छन् । उनले कुनै समय आफूलाई वाहवाही गर्नेहरुले नै उत्पीडित र विभेदमा परेकाहरुको पक्षमा बोलेपछि लखेट्न सुरु गरेको बताएका हुन् ।

नयाँ शक्ति निर्माणको लागि देशव्यापी अभियानमा हिँडेका उनले सोमबार पाल्पामा पुगेर भने, ‘मेरो आफ्नै पार्टीका नेताले पनि मलाई देश भ्रमणमा अवरोध गर्ने प्रयास गरिरहेका छन् ।’ उनले नाम नलिइकन भने, ‘मैले छाडेको पार्टी सत्तामा त छैन । तर सत्तासीनभन्दा बढी अगाडि आएर देश नघुम्न फरमान जारी गरिरहेका छन् ।’

उनले कैलालीमा सुरक्षा कारण देखाएर मुख्य नेताहरुकै दबावमा आफूलाई जान रोक लगाइएको गुनासो गरे । उनले भने, ‘जति अवरोध भएपनि म विभेदमा परेकाहरुको मुक्तिका लागि अन्तिम समयसम्म लागि पर्नेछु ।’

उनले एमाओवादी अध्यक्ष प्रचण्डको ओलीपथमा रुपान्तरण भइसकेको निष्कर्ष सुनाए । उनले अरु के–के भने ? सुन्नुहोस् उनको मन्तव्यको अडियो–


0 comments

Write Down Your Responses

Powered by Blogger.