मोहम्मदले अमेरिका छाडे, यस्तो छ घटना
कतारस्थित फाउन्डेसनले युवा आविष्कारकको रुपमा मोहम्मदलाई भर्ना लिएको छ । मोहम्मदले गत सोमबार अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेट गरेका थिए ।
उनले बनाएको घडी बम ठानेर प्रहरीले उनलाई हत्कडी लगाइ स्कुलबाट प्रहरीले लगेको थियो । यो विषय सोसल मिडियामा ‘भाइरल’ बन्न पुगेको थियो । केही व्यक्तिले अहमदको नाम र धर्मका कारण उनी निशानामा परेको अर्थ लगाएका छन् । तर, टेक्ससका अधिकारीहरुले भने अहमदको सुरक्षाको लागि उक्त कदम उठाएको बताएका छन् ।
पक्राउ परेपछि अहमदका बाबुले उनलाई स्कुलबाट निकालेका थिए । शिक्षकहरुले मोहम्मदले बनाएको घडी बम ठानेपछि उनलाई प्रहरीले पक्रेको थियो ।
यो घटनापछि मोहम्मदलाई ह्वाइटहाउसमा निमन्त्रण गरिएको थियो भने धेरै वैज्ञानिक, नेता र फेसबुकका सीइओ मार्क जुकरबर्ग जस्ता हस्तीले उनको समर्थन गरेका थिए । (एजेन्सी)




0 comments
Write Down Your Responses