इन्धन ल्याउन नेपाली अधिकारी चीन गएपछि भारत रुन थाल्यो !
काठमाडौं, ४ असोज । ग्यास ल्याउन मंगलबार नेपाली अधिकारी चीन गएपछि भारतलाई आपत परेको छ । आफ्नो व्यापार घाटा हुने र चीनसँग नेपाल नजिक हुने देखिएपछि भारतले फेरि नेपाललाई तेल लिन बोलाएर फकाउन सुरु गरेको हो ।
नेपाललाई फकाउन मंगलबारै इन्डियन आयल निगम (आइओसी)ले रक्सौल बाहेक अन्य नाकाबाट इन्धन उपलब्ध गराउने आश्वासन दिएको हो ।
आइओसीले यस्तो आश्वासन नेपाल आयल निगमका उच्च अदिकारी सम्मिलित टोलीलाई दिएको हो । निगमका कार्यकारी निर्देशक गोपाल खड्का र निमित्त निर्देशक मुकुन्द घिमिरेसँग भेटवार्तापछि आईओसी अधिकारीले यस्तो आश्वासन दिएका हुन् ।
खोजे अनुसारको वार्ता हुन नसकेको खड्काले जानकारी दिएका छन् । उनले भने, ‘उसले रक्सौल बाहेकका नाकाबाट सक्ने जति परिणाममा मात्रै उपलब्ध गराउने आश्वासन दियो।’ अन्नपूर्ण पोष्टमा समाचार छ ।


1 comments

Dhoti haruko bishwas na garnu hai, yespali matrai 2-3 choti dhoka di sakyo tyo dhoti harule, lina na janu, baru hami janata China bata aaune tel lai parkhinchhaun

Write Down Your Responses

Powered by Blogger.