»
चन्द्रमामा मलाई एलियन्सले बलात्कार गर्यो : अमेरिकी सेनाकी पूर्व अधिकृत (भिडियो सहित)
चन्द्रमामा मलाई एलियन्सले बलात्कार गर्यो : अमेरिकी सेनाकी पूर्व अधिकृत (भिडियो सहित)
३० असोज । बलात्कारको विषय अहिले विश्वभर चुनौती बन्दै गएको छ । साना र सिधा महिलामात्रै होइन उच्चपदस्त महिला पनि बलात्कारको शिकारमा पर्ने गरेका छन् । अझ उच्च व्यक्तिहरु नै बलात्कारका घटनामा संलग्न भएको इतिहास विश्व सामू रहँदा पृथ्वीमा नभएर एक अमेरिकी सैन्य अधिकृत महिलाले आफू चन्द्रमामा बलात्कारमा परेको बताउँदा अहिले विश्वभर चर्चा र बहसको विषय बनेको छ ।
अमेरिकी एयरफोर्सकी पूर्व राडार ट्राफिक अधिकृत नियारा तेरेला इस्ले आफू चन्द्रमामा बलात्कारमा परेको सार्वजनिक गरेपछि अहिले यसले विश्वभर चर्चा पाइरहेको डेलीमेलले जनाएको छ । आफु अर्कै ग्रहका प्राणी अर्थात् एलियन्ससँग धेरैपटक चन्द्रमामा पुगेको र उसले आफूलाई चन्द्रमामा नै बलात्कार गरेको नियाराको आरोप छ । उनका अनुसार पहिलोपटक उनी २५ वर्षकी छँदा एलियन्स आएर उनलाई चन्द्रमामा लगेर गएछ । लामो समय चन्द्रमामा बिताउँदा छेपारो तथा जुँगे मानिस जस्तो देखिने उक्त एलियनले बलात्कार गरेको नियाराको दावी छ ।
नियाराका अनुसार उनी नेभादाको तोनापा टेस्ट रेन्जमा तैनाथ रहँदा एकदिन उनले आँखा खोल्दा आफुलाई चन्द्रमामा पाइन् । उनको साथमा एलियन्स पनि थिए । आफु आफ्नो खुसीले चन्द्रमामा नगएको र एलियन्सले जबर्जस्ती लगेको उनको जिकिर छ । यद्यपी नियाराको उक्त दावीको भने पुष्टि हुन बाँकी छ ।
0 comments
Write Down Your Responses