तत्काल पेट्रोलियम पदार्थको आपूर्ति सहज सहुने सम्भावना न्युन
काठमाडौं– गत असोज ३ गते नेपाल संविधान जारी भएसँगै असन्तुष्ट बनेको भारतले लगाएको अघोषित नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।
यही अवस्थामा भारतीय निगमसँग वार्ताका लागि दिल्ली पुगेको निगमका उच्च अधिकारीसँग भारतीय पक्षले भेट नदिएको खुल्न आएको छ । भारतीय आयल निगमका अध्यक्ष बी अशोकसँग आयल निगमका कार्यवाहक निर्देशक मुकुन्दप्रसाद घिमिरेले शुक्रबार भेट्ने तय भएको थियो । तर, बिनाकारण अध्यक्षसँगको भेटघाट रद्द भएको जबाफ भारतीय पक्षले दिएको नयाँदिल्लीस्थित नेपाली दूतावासमा भारतसँगको द्विपक्षीय आर्थिक मामिला हेर्ने सहसचिव ढुण्डीराज पोख्रेलले जानकारी दिए ।
भारतसँगको सम्बन्ध सुधार्न भन्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शनिबारदेखि भारत भ्रमण गर्नै लागेको अवस्थामा भारतीय अधिकारीले निगमका अधिकारसँग आपूर्ति सहज बनाउने विषयमा छलफल गर्न नचाहेको हो ।




0 comments
Write Down Your Responses