सम्बन्ध बचाउन चाहनु हुन्छ भने फेसबुकमा यस्तो गर्नुहोस्
विश्वभरी करिब १.४ बिलियन प्रयोगकर्ता रहेको फेसबुक लगाएतका सामाजिक सञ्जाल नचलाई बस्न नसकिएला, तर यसले पार्ने प्रभाव भोग्दा भोग्दै पनि वेवास्ता गर्ने गरिएको छ। आफुलाई मनलागेको कुरा व्यक्त गर्ने राम्रो थलो हो फेसबुक। आफ्ना साथीभाइका गतिविधि एउटै स्क्रिनबाट हेर्नमिल्ने यो प्रविधिले भने प्रेम गर्ने जोडी अनि विवाहित मानिसहरुलाई नसोचेको वेफाइदा गर्दै छ।

आफ्नो प्रेमी,प्रेमिका श्रीमान वा श्रीमतीको फेसबुक गतिविधिले राम्रो भन्दा नराम्रो नै प्रभाव पार्ने गर्छ। सञ्चारको दृश्टीले छिटो, छरितो र सजिलो पक्का छ, फाइदाजनक पनि छ तर फेसबुकमा गरिने अन्य गतिविधिको जानकारीले भने सोचेजस्तो फाइदा दिदैन। तपाईको आफ्नो मान्छेलाई नभेटि उसको हेरेक गतिविधि फेसबुकबाटै थाह पाउनुहुन्छ भने भेटेपछि कुरा गर्ने अनि एकअर्काको नयाँ कुरा जान्ने वातावरण कसरी बन्छ? के नै रहन्छ कुरा गर्न अनि संगै समय बिताउन?

सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाएको यथार्थ हो। स्वीकार्न नखोजिने यो सत्यले सम्बन्धलाई भने निकै बिगार्दै छ।

कसरी बचाउने सम्बन्ध?
फेसबुकमा आफ्नो प्रेमी, प्रेमिका, श्रीमान वा श्रीमतिलाई अनफ्रेन्ड गर्नुहोस्। अनफ्रेन्डको कुरा सुनेर पारो तात्न सक्ला तर यो नसोचेको उपयोगि हुन्छ। अनफ्रेन्ड गर्दा एकअर्काको गतिविधि फेसबुक वालमा देखिदैन। च्याट गर्न भने मिलिहाल्छ। म्यासेज गर्न मिल्ने त भयो नै अनि एक अर्काको फेसबुक गतिविधि हेरेर चित्त दुखाउने ठाउँ पनि रहने भएन।

यस्तो गर्दा सम्बन्धमा वादविवाद कम हुने हुन्छ। किनकी वादविवाद गर्नु अघि एकअर्काको गतिविधि थाह पाउनु पर्छ। अनफ्रेन्ड गरेपछि फेसबुकबाट त थाहा पाउने कुरै भएन। फोन गर्दा अनि प्रत्यक्ष भेट्दा भन्न बाँकी कुरा टन्न हुनेछन्। जसले धेरै पछि भेटेको झै अनुभव गराउँछ, सम्बन्ध अझै प्रगाढ बनाउन मद्धत गर्छ।

सम्बन्धमा केही रहस्य हुँदा बढी रोचक हुने हुन्छ। सबैकुरा थाहा भइसकेपछि नौलोपन रहँदैन। परिवर्तनमा रमाउने मानिसको गुण हो। सधै एकै थरी खानाले दिक्क बनाएझै सम्बन्धमा पनि नौलोपन आएन भने वादविवाद अनि झगडा बढ्छ। यो कुरा समाधान गर्ने एउटै उपाय छ। अनावश्यक जानकारी फेसबुकबाट एकअर्कोलाई किन देखाउने?


0 comments

Write Down Your Responses

Powered by Blogger.