छोरीले भत्ता टप्काएपछि भक्कानिए डिले सार्की
‘पहिलापहिला पनि त्यसैले लान्थी । अहिले पनि लगिछे’, रुन्चे स्वरमा डिले भन्छन्, ‘जहाँ लुकाए पनि भत्ताको कार्ड चोर्छे । भत्ताको पैसा रक्सी खाएर सक्छे । यसले मलाई बर्बाद पारी ।’छोरा नभएकाले उनले छोरी रमालाई अंश दिएर राखेका छन् । महिनाको एक हजार रुपैयाँका दरले डिले सार्कीले प्रत्येक चार महिनामा भत्ता लिँदै आएका छन् ।
तर उनको दसैं मान्ने खर्च चार हजार रुपैयाँ रमाले बीचैबाट लगेपछि डिले दसैं मान्ने खर्चविहीन भएका छन् । ‘बूढो भएको बालाई आफूले दिनु त कहाँ हो कहाँ, सरकारले दिएको पनि बीचैमा खाइदिने ? ’ आक्रोशित हुँदै डिलेले भने, ‘दसैंमा आफ्नै हातले किनेर मिठोमसिनो खाउँला भन्ने धोको थियो । देउता दिने, पितृ हर्ने भनेको यही हो । यसलाई म नथुनी छाड्दिनँ ।’गाविस सचिव हरिश ओखेडाले डिलेको भत्ता छोरी रमालाई दिएको स्वीकार गरेका छन् । ‘बुबा हिँड्न सक्नुहुन्न भन्दै आउनुभयो’, सचिव ओखेडाले भने, ‘कागजपत्रसहित आएपछि हामीले रोक्न मिल्दैन । आगामी दिनमा हामी डिले बाकै हातमा राखिदिन्छौं ।’




0 comments
Write Down Your Responses