यसरी भेटिदै छन जनकपुरमा शव
जनकपुरमा रिक्सामा गाड्न लगिएको तीन वटा शव जनकपुर अञ्चलबाट पोष्टमार्टम गरी व्यवस्थापनको लागि लगिएको जनकपुर अञ्चल अस्पतालले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका २२ स्थिात विस्पिट्टीको हुलाकी सडकको दक्षिणी छेउमा जनकपुरमा सरसफाई गर्ने मेस्तर अक्षय डुम , रिक्साचालक श्याम सहनी र अन्य एकगरी तीन जना पोलोथिन र तृपालमा वेरेको सडेको तीन वटा शव स्थानीयले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सोही ठाउँको खोल्सीमा अन्य गाडिएको शवहरु र मानवकंकालहरु फेलापरेपछि सनसनी फैलिएको छ ।
यता जनकपुर अंचल अस्पतालले बिहीबार बेलुका नागरिक समाज, बुद्धिजिवीलाई बोलाएर तीन वटा शव व्यवस्थपनको लागि जनकपुर नगरपालिका मेस्तरले लगेको जनाएको थियो । अंचल अस्पतालका मेसु संजय ठाकुरका अनुसार सो सबहरु गएको असोज १० गते धनुषाको क्षिरेश्वर नगरपालिका ९ महेन्द्रनगरमा फेला परेको अन्दाजी ६५ वर्षीय एक महिलाको वेवारिसे शव, गएको १२ गते जनकपुर उपमहानगरपालिका १ स्थित फेलापरेको एक ६० वर्षीय वृद्धको शव र धनुषाको वफैमा ९ गते फेला परेको अन्दाजी ७० वर्षका वृद्धको शव जिल्ला प्रहरी कार्यालय धनुषाले अस्पतालमा पोष्र्टमाटमको लागि जिम्मा लगाएको थियो ।
एक साता अघि अञ्चल अस्पतालले केहि शवहरु व्यवस्थापनको लागि पठाएको जनाएको छ । सो स्थानमा शव जलाउने र व्यवस्थापन गर्ने समसानघाट रहेको छ । अन्य शवको विषयमा छानविन भइरहेको छ । बेबारिसे शवहरुलाई पोष्टमार्टम गरी अस्पतालले जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले शव व्यवस्थापनको नगरपालिका कार्यालयलाई पत्र काटेपछि सो शव व्यवस्थापनको लागि मेस्तरलाई जिम्मा दिएको जानकारी प्राप्त भएको छ । तर अरु गाडिएको शवहरु एउटै खाल्डोमा दुई वटाभन्दा बढी फेलापरेकोले विभिन्न संका उपशंका छाएको छ । सो ठाउँमा अहिलेसम्म अन्य आठ गरी ११ वटा शव फेला परेको छ ।
अन्य खाल्डोहररुमा पुरिएको शव उत्खनन गर्ने कार्य जारी छ । त्यहाँ मानवकंकालहरु र मानवको ८ भन्दा बढी खप्परहरु भेटिएको छ । अन्य व्यक्तिहरुको शव कहाँको छ भनेर अनुसन्धान शुरु भएको छ । शव भेटिए लगतै शनशनी फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझै जिल्लाको विभिन्न स्थानबाट फेला परेका तीन बेबारिसे शव पोष्टमार्टम पश्चात व्यवस्थापनको लागि सो स्थानमा लगिएको जनाएको थियो । त्यस्तै केहि साता अघि पनि तीन वटा बेवारिशे शव सोही स्थानमा व्यवस्थापन गरेको प्रहरी उपरीक्षक गणेश बहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन । शव सहित अक्षय डुमलाई स्थानीयले नियन्त्रणमा लिएको छ ।
२५ भदौमा जनकपुरमा कर्फयु लागेका बेला आन्दोलनको क्रममा वेपत्ता भएका जनकपुर उपमहानगरपालिका १२ हनुमाननगरका १७ वर्षीय मनोज यादवका परिवार शोकमा डुवेको छ । रामसागर यादवका छोरा मनोज आन्दोलनको क्रममा वेपत्ता भएको १९ दिनभएपनि नभेटिएकाले शव भेटेपछि उनका दिदी जिवछीदेवी अचेत छीन् । त्यस्तै धनुषा घोडघासका नगिन्द्र सहनीका १४ वर्षीय छोरा वर्षका पुन्देव गएको चैत्रमा वेपता भएका थिए । अहिलेसम्म कतै नभेटिएको र शव भेट्न थालेपछि उनका बुबा नगिन्द्र सहनी पनि चिन्तामा परेका छन् ।
यता युवाहरुको समुह र राजनीतिक दलको दवावको कारण खाल्डोबाट प्राप्त शबहरुलाई पुनः जनकपुर अञ्चल अस्पतालमा पुर्याइएको छ । शवहरुको पहिचान पछि मात्र अरु प्रक्रिया पुरा गर्न दिइने संयुक्त युवा संघर्ष समितिले जनाएको छ । उनीहरुका अनुसार लासहरुलाई लावारिस भनिएपनि टाउको मा कालोपटी बाधिएको हातमा महगो घडी लगाइएको लासहरु कसरी गाडीए भनि संकास्पद रुपमा हेरीएको छ ।
राष्टिय मानवअधिकार आयोगको भेटिएको शवको सम्वन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । क्षेत्रीय आयोगका प्रमुख वुधनारायण सहनीले आयोगले शवहरुको सम्वन्धमा गम्भीर चासो लिएको र सत्य तथ्य छानवीन गरि वाहिर ल्याइने दावी पनि गरेका छन । त्यस्तै जनकपुरमा विभिन्न किसीमको शंका उपशंकाका कारण तनावपुर्ण स्थितीमा पुगेको छ । विहिवार शहरको विभिन्न ठाउमा राखेको प्रहरीलाई केम्पमा फिताृ बोलाएपनी शुक्रवार सुरक्षाको स्थिती सम्वेदनशिल वनेपछि ठाउ ठाउमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
खबर/nepalese.org




0 comments
Write Down Your Responses