संसारमा यस्तो चाहना राख्ने मानिस पनि हुने रहेछन्...
नर्थ क्यारोलिना । अमेरिकाको नर्थ क्यारोलिना निवासी जेवेल सुपिङ ३० वर्षकी भइन् । उनको आँखा सुन्दर थियो । उनी संसार देख्थिन् । तर, एकाएक उनलाई दृष्टिविहिन हुन मन लाग्यो ।

आफ्नो सपना पुरा गर्न उनले 'ड्रेन क्लिनर' आँखमा हालिन् । यो केमिकलले उनको आँखाको ज्योति गुम्यो र अहिले उनी दृष्टिविहिन भएकी छिन् । डेलीमेलका अनुसार उनी ६ वर्षदेखि दृष्टिविहिन हुन मन लागेको उनकी आमाले बताएकी छन् ।

त्यतिबेलादेखि उनी घामतिर मात्र हेर्थिन् । उनकी आमाले घामको प्रकाशले आँखा विगार्छ भन्दा उनलाई झनै खुसी लाग्थ्यो रे । किशोर भएपछि उनले बाक्लो कालो चश्मा लगाउन थालिन् र १८ वर्षको उमेरमा ब्रेल लिपि पनि कष्ठस्थ पारिन् ।

त्यसपछि उनी दृष्टि गुमाउने बाटो तिर लागिन् । उनी हरेक दिन आँखामा 'ड्रेन क्लिनर' हालेर आँखाको ज्योति गुमाउन तयार भइन् । उनकी आमाले उनको बाटो छेक्ने प्रयास नगरेकी होइनन् । तर, पनि उनले यो काम जारी राखिन् र अन्तमा उनी नदेख्ने भइन् ।

अस्पताल जाँदा चिकित्सकले उनको ज्योति फर्काउन नसक्ने बताएपछि उनकी आमा निराश बनिन् । तर, जेवेल भने खुसी भएकी थिइन् ।
अमेरिकी चिकित्सकका अनुसार उनलाइ बडी इन्टरग्रेटी आइडेन्टी डिसअर्डर भएकोले उनले यस्तो इच्छा देखाएको बताइएको छ ।–एजेन्सी


0 comments

Write Down Your Responses

Powered by Blogger.