रसियामा यसरी ३ वटा सुर्य उदाएपछि..
एजेन्सी । हालै रसियाको एक गाउँमा एकैपटक तीनवटा सुर्य उदाएको दृष्य देखियो । काजाकिस्तानको सिमानादेखि ८० माइल टाढाको एक गाउँमा एक्कासी तीनवटा सुर्य उदाएको देखेर चेलियाविंस्कका स्थानीयबासी चकित परेका थिए ।

 स्थानीयले लहरै तीनवटा सुर्यको किरण देखेपछि चकित भएका थिए । तर यथार्थमा त्यहाँ तीनवटा सुर्य भने उदाएका थिएनन् । हावामा आँखाले देख्न नसकिने बरफको सानो भन्दा सानो क्रिस्टलले दृष्यलाई भ्रमित गर्दै एउटै सुर्यलाई तीनवटा देखिने बनाएको थियो ।

माइनस् २५ डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रमकै कारण अप्टिकल भ्रम बन्ने गरेको जनाइएको छ । 'फ्यानटम सन' नामले समेत चिनिने यो दृष्यले मानिसहरुलाई आश्चर्य चकित बनाएको थियो ।

अहिले तीनवटा सुर्यको भिडियो र तस्बिर सामाजिक सञ्जालमा लाखाैंको संख्यामा सेयर भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ्न् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.