कुर्ता माथि सार्दा आलियालाई लाजमर्दो (फोटो फिचर)
बलिउड नायिका आलिया भट्टले लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । आलियाले आफ्नो नयाँ फिल्म 'हम्पटी शर्माकी दुल्नीयाँ' को ट्रेलर लञ्च कार्यक्रममा अभिनेता बरुण धवनसँग उचालिमाग्दा त्यस्तो स्थिति भोग्नुपरेको हो ।
सञ्चारकर्मी र फिल्मकर्मीको भीड रहेको कार्यक्रममा आलियाले वरुणलाई अंगालेकी थिइन् । सोही क्रममा वरुणले आलियालाई उचाले । उचालेर भुईमा छाड्ने क्रममा उनले कुर्ता अलि माथि नै सर्यो, जसले गर्दा उनको शरीरको भित्री वस्त्र देखिएको थियो ।
चाहिनेभन्दा बढी फिल्मी बन्दा भोग्नुपरेको परिस्थिती आलियाले हाँसेर पचाएकी थिइन । आलियाले आफ्नो पहिलो फिलम स्टुडेन्ट अफ दि इयरमा वरुणसँग अभिनय गरेकी थिइन । बीचमा रिलिज भएको 'टु स्टेटस्मा' उनी अर्जुन कपुरसँग अभिनीत थिइन् । त्यतिबेला आलिया र अर्जुनको अफेयरको हल्ला थियो भने अहिले आएर आलिया र वरुण अफयेरमा रहेको दावी गरिएको छ ।
0 comments
Write Down Your Responses