मधेसी मोर्चामा खैलाबैला
काठमाडौं । कपिलवस्तु ३ बाट प्रत्यक्ष निर्वाचित तमलोपा संसदीय दलका उपनेता बृजेशकुमार गुप्ता आइतबार प्रधानमन्त्री चुनावमा भोट हालेर सरासर नजिकै रहेको पार्टी मुख्यालय गए ।

आजको कान्तिपुर दैनिकमा खबर छ अध्यक्ष महन्थ ठाकुरसमक्ष पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिंदै पत्र बुझाए । ठाकुर एकछिन त अक्कमक्क परे । किन राजीनामा दिनु भएको भनी सोध्नमात्रै खोज्दै थिए, गुप्ता भक्कानिए । महामन्त्री जितेन्द्र सोनलको कोठमा छिरेर डाँको छोडे । अरु नेताहरुले सम्झाउने हिम्मतै गरेनन् । तमलोपा उच्च स्रोतका अनुसार अरु केही सांसद र नेतासमेत पार्टी छाड्ने तयारीमा छन् ।

गत फागुनमा अनिलकुमार झासँग एकता गर्दै सह अध्यक्ष रहेकी सरिता गिरीले पनि नेपाल सद्भावना पार्टाीको सम्पूर्ण पद त्याग गरेकी छन् । मधेस आन्दोलनमा दुई महिनायता डटिरहेका समर्थकको आत्मसम्मानमा चोट पुगेको उनको भर्ना छ । समाजवादी फोरम र तमसपाभित्र पनि चर्काचर्की चलिरहेको छ ।

संविधान जलाएका, दुई महिनादेखि आन्दोलनमा रहेका मधेसी दलहरुमा सत्ताको बाँडफाँडमा सामेल भएको भन्दै नेता कार्यकर्ताहरुमा चरम आक्रोश देखिएको हो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.