सयरुपैयाँमा रातभरि सुत्न खोज्छन् त !
¥याङ¥याङती रत्नपार्क, जान पनि अल्छी लाग्छ । मान्छेहरू चुपचाप हिँडिरहेका मात्रै देखिन्छन् । कोही अडिन खोज्दैनन् । अडिने/उभिनेहरू पक्कै हाम्रा ग्राहक हुन् भन्ने अड्कल काट्छौँ । साँझ पनि चाँडै पर्न थाल्यो । अरू घर जाने बेला हामीचाहिँ बाहिर निस्कनुपर्छ । जिन्दगी यस्तै रहेछ । अरू सुत्ने तरखरमा हाम्रो काम सुरु हुन्छ, अरूले काम गर्ने बेला हामी सुत्छौँ । मान्छेसँग पैसा छ, खर्च गर्दैनन् किनकि मान्छेलाई मनोरञ्जन गर्ने समय छैन र अवस्था पनि । मान्छेहरू देशको स्थितिले फ्रेस छैनन् ।
नयाँ केही छैन, उही पुरानै हो, तरिका पनि पुरानै चलिरा’छ । म त एक हिंजडा अर्थात् तेस्रोलिंगी । मेरो के खबर हुन्छ र ! उही ठमेल रत्नपार्कमा जिउँदा मुर्दा खोज अनि लिएर हिँड । यस्तो बेला कसरी पाउनु ग्राहक । उही एउटा दुइटा भोका सुठ्ठोहरू भेटिन्छन् । बार्गेनिङ र मोलमोलाइ गरेर हैरान । सय रुपैयाँमा रात बिताउन खोज्छन् । ज्यानको सास्ती मात्र । होइन सर, एक सयले के आउँछ त्यसको बाउको । ‘यस्तो लाग्छ कि सालेलाई त्यहीँ हान्दिऊँ’ अर्काको ज्यान सित्तैमा आएजस्तो ।
जेली हो मेरो नाम । सबैले यही नामले चिन्छन् । गाउँमा मलाई शुक्रे भन्थे । अहिले काठमाडौँ काठमाडौँजस्तो लाग्दैन । करिब १० वर्षअघि काठमाडौँ आउँदा सपना अर्कै थियो, खोटाङको पहाडदेखि भागेर आइपुगेँ त्यो पनि एक जना दिदीको साथमा, राम्रो काम लगाइदिने भनेर । घरमा परिवारको हेला तथा छिमेकको घृणा सहनुभन्दा मैले रोजे यो लामो बाटो । सबैले यसको त छैन भन्थे, हिंजडा भन्थे । घरमा पनि त्यति राम्रो माया नपाएपछि काठमाडौंको यात्रामा निस्केको हुँ । दिदीले के राम्रो काम लगाउला भनेको त ऊ पनि यस्तै ठमेलमा उभिने र मान्छे पट्याउने रहेछ । विस्तारै म जस्तै अरू मान्छे पनि भेटिए । ए म मात्रै यस्तो भनेको त अरू पनि हुँदा रहेछन् भन्ने लाग्यो । उनीहरूको साथले बाँच्ने र नयाँ केही काम गर्ने साहस बढायो तर काम सुरु भयो मान्छेलाई यौन सुख दिनु ।
ती दिन सम्झन पनि चाहन्नँ । धैरै सुरुका दिन कष्टपूर्ण बिते । यो काठमाडौंका सुकिला भद्र पुरुष सबै त्यस्तै लाग्छन् मलाई कसैको विश्वास लाग्दैन । बानी नपरुन्जेल त कसरी कहाँ जाऊँ भएँ, धेरै छटपटिए रोएँ तर त्यस्तो मेरो अर्को संसार नै थिएन । कुनै विकल्प हीन थिएँ । मर्न पनि धैरै आँट गर्थें त अरू मजस्तै साथी देखेर मर्ने रहर मथ्र्याे । हेर्नुस् कुरा के गर्नु यो सहरको कथा ?
मान्छे तिखा, बोली मीठा । धेरैले अनेक प्रलोभन देखाए । आस देखाए केवल यौन प्यास मेट्न प्रेमको नाटक गरे । यी कुरा त सब वाहियात रहेछन्, साँच्चै माया गरेको ठानेर कतिसँग त पैसा पनि लिइनँ । उनीहरूको इच्छा पूरा गरेँ । तर, सब वाहियात रहेछन् । १६/१७ वर्षका किशोरदेखि ५०/५५ वर्षका पुरुषको चाहना बुझ्नुपर्ने । पैसा दिएपछि जसरी गरे पनि हुन्छ भन्ठान्छन् हामीलाई त रबरको चिजजस्तो नै ठान्छन् जता जसरी दोबारे पनि हुने । कस्ता–कस्ता हुन् । उनीहरूलाई फरक–फरक स्वाद र शैली चाहिने मान्छे हेर्दा फिस्टो जत्रो पनि छैन ।
हेर्नुस् सर, तपाईंले दिनमा देख्नुभएको यी मान्छे रातमा अर्कै रूप फेर्छन् जसरी राजनीतिमा नेताले क्षणभरमै रूप फेर्छन्/बल्छन् । कोही त धेरै असहिष्णु हिंस्रक हुन्छन्, प्राण नै लिन पो खोज्छन् । समाजमा राम्रा मान्छे पनि हुँदा रहेछन् । कोही–कोही राम्रै्र कुरा गर्थे, जेली तिमी यसरी काम नगर अरू कुनै सीपमूलक काम खोज सिक म सहयोग गर्छु भन्थे । कसै–कसैले बोलेको भन्दा बढी टिप्स पनि दिएर गए । पछि पनि फोन गरिरहे । हामी यहाँ दिनहँु मर्जीको बलात्कार हुन्छौँ, बाध्यताले यो सहरको कुना–काप्चाका कोठा कोठेरीमा बलात्कारका मौन चित्कार रातभरि गुन्जिरहन्छन् । वर्षौंदेखि चलिरहेकै छ, यसैगरी, निर्दयी पुरुषबाट । महिला पनि कम्ती छैनन् आजभोलि । कि हामीले पुरुष ग्रहक खोजिदिनुपर्छ कि त आफँै तयार हुनुपर्छ । पैसाचाहिँ पुरुषभन्दा महिलाले बढी दिन्छन्, रमाइलो पनि हुन्छ ।
यहाँ कसैको ध्यान छैन । किनकि हामी यो देशको अनागरिक, परिवारको असदस्य हौँ । आफ्नो परिचय छैन । कुनै जागिर पाउँदैनौँ, कसैले दिन मान्दैन । अनि बीचैमा पढाइ छाडेकाहरू कम शिक्षित पनि छौँ । हामी परिवारमा अटाउँदैनौँ, अफिसले जागिर दिँदैन अनि जाने कहाँ ? गर्ने के निर्विकल्प हो यो मेरो काम । हरेक रात ४/५ जनालाई यौनसुख दिनु । र, जीवनको रथ अगाडि बढाउनु । हुन त अहिले नागरिकतामा हाम्रो आफ्नै परिचय खुलेको छरे तर मैले लिएको छैन । ३२ वर्ष पुगँे । अपमान सहन घर फर्किन चाहन्नँ । यो देशले हामीलाई अरूजस्तै इज्जतसाथ समाजमा घुलाउन सक्नुपर्छ । भ्रष्टाचार गरेर नेता विदेश सयर गर्छन् तर किन विदेशमा तेस्रोलिंगीको यति कुरा पनि सिकेर आउन सक्दैनन् ! विदेशमा तेस्रोलिंगी कति ठूला काम गर्छन्, कुरा गर्छन् हरेक क्षेत्रमा समानता छ तर किन यहाँ केवल छक्का हिंजडाका रूपमा मात्र हेर्छन् अनि यौनका लागि मात्र ।
यो समाजलाई मेरो भन्नु केही छैन । भनेर केही फाइदा पनि छैन । जे होस्, काम गरेर पेट पालेको छु, कसैको चोरेर, डाँका मारेर, दलाली गरेर अनि हाम्रा नेताले जस्तो भ्रष्टाचार गरेर खाएको छैन । मलाई खानु पनि छैन । म आत्मनिर्भर छु । कसैको सम्पत्तिमाथि आँखा लाउनु पनि छैन ।
यो समाज किन यस्तो खोक्रो बाँचेको होला ? बाहिर हेर्दा यति सुन्दर छ । भित्र यसको कथा अर्कै छ, व्यथा अर्कै । सायद कसैले सोच्दैनन् होला आफ्नो छोरा, लोग्ने वा दाजुभाइ साँझपख रत्नपार्कको कुना–कन्दरामा किन टेडो नजर लगाउँछन् । किन उभिन्छन् पुलिसको आँखा छलेर घन्टौँसम्म । थाहा छ, सबैलाई उनीहरू तिर्खा मेट्न चाहन्छन् । यौनप्यासले व्याकुल हुन्छन् । मैले त भन्छु किन ठमेल/रत्नपार्कलाई रेडलाइट एरिया तोक्दैनन् ! आखिर दिनहुँ लाखौँको कारोबार हुन्छ केवल एक यौनप्यास मेट्न । आखिर सबै त्यही खोज्दै हिँड्छन् । सबैलाई त्यही चाहिन्छ । किन लुकिछिपी ?
मैले त भोगेकी छु, कोही मेरो ठूलो बिजनेस भन्छन्, कोही म लेख्छु पत्रिकामा पनि भन्छन् । कोही राजनीति गर्छु भन्छन्, धेरै कुरा त हुँदैन तर मान्छेले धाक देखाइहाल्छन्, चुरीफुरी गर्छन् अनि थाहा पाइन्छ यो मान्छे के गर्दो रहेछ भनेर । पुलिस त झन् ‘चोर’ भइहाल्यो । पाए सित्तैमा होटलमा लिएर जान्छन् उल्टो पैसा पनि खाइदिन्छन् । तिनका छोरी कोसँग हिँडेका छन् त्यसबारे कुनै मतलव छैन, हाम्रो पिछा गरेर बिजनेस खत्तम पारिदिन्छन् । जुन नेतालाई चाहिन्छ तिनीहरू किन रेडलाइट एरियाको कुरा उठाउन मान्दैनन् ? आखिर सबैलाई चाहिन्छ त्यही किन फेरि सबै मौन ? किन चुप थाहा नपाएझैँ चाल नपाएझैँ । अघोषित नाकाबन्दी भनेजस्तै हो यो रत्नपार्क र ठमेल अघोषित एरिया । दुनियाँले छल्ने, तस्करी गर्ने, ठग्ने र लुट्ने ठाउँ । जबसम्म नेताको बुद्धि फेरिँदैन यी ठाउँमा पुलिसले केही गर्न सक्दैन ।
यो रत्नपार्क हजारौँ मान्छेले कुल्ची हिँड्छन्, तर रत्नपार्क हजारौँलाई जीवन पनि दिन्छ । यहाँ पूर्वदेखि पश्चिमसम्मका मान्छे दौडिरहन्छन् दिनभरि । तँछाडमछाड के–के न बितेजस्ता कमिलाका लस्करजस्ता देखिन्छन् । कसैलाई कसैको मतलव छैन । हुलका हुल आकाशे पुल उक्लिरहन्छन्/ओर्लिरहन्छन् । कहिले विद्यार्थी जुलुस लिएर यही बाटो परेड खेल्छन् नेता । कहिले आन्दोलनमा पुलिससँग दोहोरी । दिनदिनै अघिपछि साइरन बजाउँदै देशको प्रधानमन्त्री यही बाटो कुदिरहन्छन् । तर, यही कुनामा प्रत्येक साँझ परिचयविहीन भएर निरीह उभिने हाम्रो पीडा कसैले बुझ्दैनन् । (जनआस्थाको मेरो कथा, मेरोव्यथाबाट)
0 comments
Write Down Your Responses