भारतीय दूतावासको उक्साहटमा जनजाति नेताहरु चीनसँगको नाका बन्द गर्न जाने
काठमाडौं, १२ कात्तिक ।
मधेशी मोर्चाको आन्दोलनको बहानामा नेपालमाथि नाकाबन्दी गरिरहेको भारतले चीनतर्फको नाका पनि अवरुद्ध गर्न नयाँ योजना बनाएको खुलासा भएको छ ।
भारतले चीनतर्फको नाका अबरुद्ध गर्न आदीवासी जनजातीका केही नेताहरुलाई प्रयोग गर्न लागेको खुलासा भएको हो ।
नेपालस्थित भारतीय दुतावाससँगको पराशर्मपछि आदीवासी जनजाती नेताहरु चीनतर्फको नाका अवरुद्ध गर्न सहमत भएको स्रोतको दाबी छ । उनीहरुले चीनतर्फको नाका अवरुद्ध गर्न नाका क्षेत्र केन्द्रित आन्दोलनको तयारी गरेको पनि स्रोतले बतायो ।
आन्दोलनमा लाग्ने सम्पुर्ण खर्च पनि दुतावासले नै बेहोर्ने सहमति भएको पनि वताईएको छ । यसैबीच भारतीय दुतावाससँग भएको छलफलपछि आदीवासी जनजातीको गोप्य बैठक बसेको छ । बैठकले रसुवा र तातोपानी नाकामा कार्यकर्ता उतार्ने निर्णय गरेको छ ।
यसैबिच काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा आदिवासी–जनजातिका अगुवा तथा नेताहरुले अब चिनियाँ नाकाहरु बन्द गर्ने तयारी भइरहेको बताए ।
कार्यक्रममा नेता आङ्गकाजी शेर्पाले तीन जना बाहुनलाई घुँडा टेकाउन चिनियाँ नाकाहरु बन्द गरिने चेतावनी दिए । उनले हिमाली क्षेत्रका शेर्पालगायतका सम्पूर्ण आदिवासी–जनजाति मिलेर चिनीयाँ नाका बन्द गर्ने उनको चेतावनी थियो ।त्यस्तै कार्यक्रममा सहभागी डा।ओम गरुङ्गले पनि मधेशमा जारी आन्दोलन आदिवासी–जनजातिको पनि रहेको बताए ।
मधेश–थरुहटको आन्दोलनले आदिवासी–जनजातिलाई बल मिलेको तर्क गर्दै आन्दोलन सशक्त बनाउने उनको भनाइ थियो । मधेशी–थारु–आदिवासी–जनजातिबीच संयुक्त आन्दोलन समिति बनाउने विषयमा भएको उक्त कार्यक्रममा एक दर्जनभन्दा अधिक आदिवासी–जनजाति नेताहरुको उपस्थिति थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.