चीनसँगको केरुङ र तातोपानी नाका बन्द गराउन यस्तो छ भारतको गोप्य चलखेल
काठमाडौं । नेपाल तर्फ नै अबरोध भएको र आफ्ना गाडीहरु असुरक्षीत भएको भन्दै भारतसँग जोडीएका नाकामा अघोषित नाकाबन्दी लाद्दै आएको भारतले चीनसँग जोडीएका नाका सुचारु हुने भएपछि फेरि अर्को षड्यन्त्र थालेको खुलासा भएको छ ।
भारतले चीनतर्फको नाका अवरुद्ध गर्न आदीवासी जनजातीका केहि अगुवा भनिएकाहरलाई प्रयोग गर्ने रणनीति लिएको खुलासा भएको हो ।
उस्ले यसकालागि करोडौं रकमको प्रलोभन समेत देखाउन थालेको छ । भारतीय राजदुत रञ्जीत रे र रअका नेपाल प्रमुखले गोप्य रुपमा जनजातीका केही नेताहरुलाई दुतावासमै बोलाएर चिन तर्फको नाका अबरोध गर्न ठुलै प्रलोभन देखाएको हो ।
भारतीय दुतावासको करोडौंको आश्वासन र विभिन्न प्रलोभनपछि केही जनजाती नेताहरुले चीनसँग जोडीएको नाका बन्द गराउन योजना बुनीरहेको स्रोतको दाबी छ ।
ती अगुवा भनिएका नेताहरुले तातोपानी र रसुवा नाका बन्द गराउन विभिन्न बाहना बनाउन थालेको बताइएको छ । जनजाती आन्दोलनबाट पनि विस्थापनमा परिसकेका आङकाजी शेर्ष लगायतका केही नेताहरुलाई भारतले प्रयोग गर्न लागेको लैनचौर स्रोतको दाबी छ ।
यसमा डा ओम गुरुङ लगायतका अगुवाहरुको पनि समर्थन हुने देखिएको छ । राजधानीमा एक कार्यक्रममा पनि उनीहरुले यस्तै तर्क गरेका थिए ।
यतीसम्म कि तराईमा जारी आन्दोलनले आफुहरुलाई पनि बल पुगेको भन्दै तराई र हिमालमा संयुक्त आन्दोलन समिति गठन सम्मको तयारी भैरहेको उनीहरुले खुलासा गरेका छन् । तराई कार्ड असफल हुने भएपछि भारतले चाल्न खोजेको अर्को कार्ड के हुनेहो, त्यो भने हेर्न बाँकी छ ।
0 comments
Write Down Your Responses