म्याच फिक्सिङको आरोपमा सागर थापासहित ४ खेलाडी र प्रशिक्षक पक्राउ
म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापासहित ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
राष्ट्रिय खेलाडी समेत रहेका अन्जन केसी फुटवल प्रशिक्षक पनि हुन् । उनी थ्रि स्टार क्लवसँग आबद्ध छन् । विकाससिंह क्षेत्री, रितेश थापा गोल किपर हुन् । सन्दीप राइ डिफेन्डर हुन । उनीहरुलाई अहिले महाशाखामा राखेर अनुसन्धान भइरहेको छ ।
राज्यविरुद्धको अपराध उनीहरुले गरेका कारण पक्राउ गरिएको खनालले बताए। वंगलादेश र अफगानिस्तानको खेलमा पनि उनीहरुले मिलेमतो गरेको बताइएको छ। जारी राष्ट्रिय लिगमा पनि उनीहरु सम्लग्न भएको प्रहरीले जनाएको छ।
खेलाडी पक्राउबारे अखिल नेपाल फुटबल संघ एन्फाले भने अनविज्ञता प्रकट गरेको छ। उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने तयारी भइरहेको छ ।




0 comments
Write Down Your Responses