खुल्यो केरुङ नाका, चीनले सहयोग गर्ने १० लाख लिटर तेल आउँदै
यसअघि असोज २६ गते नाका संचालनमा आएपनि चिनियाँ क्षेत्रको दुई स्थानमा फेरि अबरोध आएपछि गाडीहरु संचालन हुन सकेको थिएन । तर, आइतबार बिहानदेखि पुनः नाका संचालनमा आएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालीपत्रसँग टेलिफोनमा बताए ।
‘आज बिहानदेखि नाका संचालनमा आएको छ,’ गेलालले भने, ‘चिनियाँ क्षेत्रमा दुई स्थानमा अवरोध हटाइएको पछि संचालनमा आएको हो । ’ गेलालका अनुसार नाकाको अवरोध हटाइएपनि अहिलेसम्म गाडी भने संचालन गरिएको छैन ।
उनले भने, ‘नाका संचालनमा आएको खबर आएपछि अहिले मानिसहरु आवतजावत गरिरहेका छन् । चिनियाँ पक्षले अब ठुला गाडी पनि चल्न सक्ने जानकारी दिएका छ । ’
नाका संचालनमा आएपछि अब चीनले नेपाललाई उपलब्ध गराएने दश लाख लिटर तेल (एक हजार मेट्रिक टन) यहि नाकाबाट ल्याइने तयारी गरिएको छ । तेल नाकाहुँदै मंगलबार देखि नेपाल भित्रिने छ । भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला चीन नेपाललाई सहयोग गर्न तयार भएको हो ।
नाका सञ्चालन सँगै केरुङ प्रवेशका लागि एकदिने पास लिएर जाने व्यवस्था समेत गरिसकिएको जनाईएको छ । यो नाकासम्म आईपुग्न चीनको सिगात्सेसम्म पुग्नुपर्ने हुन्छ । काठमाडौबाट १ सय ८७ किलोमिटर टाढा रहेको केरुङबाट सिगात्से सहरसम्म पुग्न केरुङबाट ५ सय ४८ किलोमिटर दुरीमा पर्छ ।
नेपाल ल्याइने प्रशोधित तेल टयाङ्करबाट केरुङसम्म ल्याएर बितरण गर्ने गरिएको छ । चीनले सिगात्से आईपुगेको रेल सञ्जालले केरुङसम्म जोड्ने योजना ल्याएसँगै उक्त तेल आगामी दिनमा सजिलै ल्याउन सकिनेछ ।
इन्धन आपूर्तिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, आपूर्तिमन्त्री गणेश पुन, नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताई र चीनका लागि नेपाली राजदुत महेश मास्के सहितको टोलीबीच पटकपटक उच्चस्तरीय छलफल भएको थियो ।
चिनियाँ आयल कर्पोरेसन र नेपाल आयल निगमबीच इन्धन आपूर्तिका लागि व्यवसायिक सम्झौताको वातावरण बनाउन लागिएको हो । चिनियाँ आयल कर्पोरेसन र नेपाल आयल निगमबीच इन्धन आपूर्तिको व्यवसायीक सम्झौताको तयारी गर्न आइतबार नै नेपालबाट एक उच्चस्तरीय टोली बेइजिङ प्रस्थान गर्नेछ ।
व्यवसायीक रुपमा नै चीनबाट इन्धन आपूर्ति गर्न सरकारले शनिबार नै चीनलाई औपचारिक पत्र समेत पठाएको छ । इन्धन आपूर्तिमा अहिलेसम्म भारतमा निर्भर रहेको नेपालले पहिलो पटक छिमेकी चीनबाट तेल ल्याउन लागिएको हो ।
नेपालमा घोषणा भएको नयाँ संविधानलाई लिएर असन्तुष्ट भएको दक्षिणी छिमेकी भारतले एक महिनादेखि अघोषित नाकाबन्दी गरेर इन्धन, ग्यास लगायतका अत्यावश्यक सामग्री आयातमा अवरोध गर्दै आएको छ । जसका कारण दसैं जस्तो नेपालीको महान चाडमा समेत प्रभावित भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ ।
चीन र नेपालको व्यापारका लागि करिब आधा दर्जन नाकाहरु खुलेका भएपनि चिनबाट भारत लगायत अन्य सार्क मुलुकका लागि भने यो सबैभन्दा छोटो दुरिको नाका हो
0 comments
Write Down Your Responses