सावधान ! प्रशोधित र रातो मासु खाँदा क्यान्सर हुनसक्छ
प्रशोधन गरिएको मासु र रातो मासुसम्बन्धी यस्तो चेतावनी विश्व स्वास्थ्य संगठनले गराएको हो । १० देशका वैज्ञानिकहरुले गरेको गहन अनुसन्धानपछि गरिएको दावीमा उल्लेख गरिएको छ कि चुरोट, रक्सीजस्तै प्रशोधन गरिएको मासु र रातो मासु खाने मानिसलाई पनि क्यान्सरजस्तो रोग हुने सम्भावना बढ्दछ ।
विश्व क्यान्सर अध्ययन केन्द्रका वैज्ञानिकहरुका अनुसार, प्रशोधन गरिएको मासु वा प्याक गरिएको मासुमा धेरै किसिमका रसायनहरु मिसाइएको हुन्छ, जसले इन्टेस्टाइन (अन्ननली)को क्यान्सर हुने सम्भावना बढ्दछ । प्रशोधित गरिएको मासुबाट बनेका परिकारहरु खानाले पनि क्यान्सरजस्तो प्राणघातक रोग हुनसक्छ ।
वैज्ञानिकहरुको यो नयाँ अनुसन्धानपछि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशहरुमा प्रशोधन गरिएको र रातो मासुमाथि नयाँ निर्देशिका जारी गर्ने तयारी गरिरहेको जनाइएको छ ।
0 comments
Write Down Your Responses