ओली र गौतमबीच मञ्चमै भनाभन
मञ्चमा बसेका एमाले उपाध्यक्ष बामदेव गौतमले तत्कालै जवाफ फर्काए, ‘सरकारले गरेका सबै काम पार्टीलाई थाहा छ ।’
ओलीले पनि प्रश्न उठाए, ‘खोइ यत्रो टिभी,रेडियो छन्,तिनले भन्नुपर्ने ?’
गौतम फेरि बीचमै बोले, ‘सबै चिज मन्त्रालयको वेभसाइटमा राखिदिएको छ, त्यहाँ हेर्न सकिन्छ ।’ त्यतिबेलै एमाले कार्यकर्ताले दुई नेताबीचको सम्बन्ध हार्दिक नभएको लख काटिसकेका थिए ।
सार्वजनिक मञ्चमा यस्तो सवाल जवाफ गर्ने यी उनै केपी ओली र वामदेव गौतम हुन् जो एक वर्षयता हरेक समिकरणमा काँधमा काध मिलाएर अघि बढेका थिए । यहि समिकरणले ओली संसदीय दलको नेता मात्रै बनेन्, पार्टी अध्यक्षमा पनि विजयी भए । तर अब ओली प्रधानमन्त्री बन्ने संभावना बढ्दैछ , गौतमसँग उनको सम्बन्ध अलिक कमजोर देखिएको छ । बरु माधव नेपालको भूमिका प्रभावकारी देखिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ–एक चोटी प्रधानमन्त्री हुने ओलीको इच्छा र फेरि प्रमुख भएर पार्टी सञ्चालन गर्ने नेपालको चहाना एक ठाउँमा मिल्दा गौतम ओझेलमा परेका छन् । राष्ट्रिय सरकार निर्माणको बहस प्रारम्भ हुनुअघि सम्म पार्टी भित्र अध्यक्ष ओलीले विश्वास गरेका नेता गौतम नै थिए । दलहरुको बीचका छलफलमा आफू जान नसक्दा ओलीले पार्टीको नेतृत्व गर्ने गरि गौतमलाई नै पठाउँथे । तर, अहिले राष्ट्रिय सरकार निर्माणको सिलसिलामा भएको छलफलमा गौतम कतै छैनन् बरु सबै तिर माधव नेपाल छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses