धर्मगुरु भन्छन्ः महिलाले जिन्स लगाएका कारण भूकम्प
१७ जेठ, एजेन्सी ।
पाकिस्तानका एक इस्लामिक धर्मगुरुले भूकम्प जानुको कारण महिलाले जिन्स लगाउनु रहेको भन्दै पाकिस्तानी सेनालाई महिलाविरुद्ध कारवाही थाल्न आग्रह गरेका छन् ।


इस्लामाबादस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा जामिअत उलेमा-इ-इस्लामी फाज्लका प्रमुख मौलाना फज्लुर रहमानले यस्तो टिप्पणी गर्दै सेनालाई कारवाही गर्न आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

महिलाहरुले गति छाडेका कारण प्राकृतिक विपत्ति आइरहेको उनको भनाइ छ । फल्जुर रहमानले खुलारुपमा हिँड्ने महिलाहरु गतिबान हतियार जस्तै रहेको टिप्पणी गर्दै पाकिस्तानका प्रमुख शहरमा यस्ता हतियार घुमिरहेको समेत बताए ।

पाकिस्तानमा भैरहेको खाद्यान्न अभाव, असुरक्षा तथा उर्जाको अभाव महिलाका कारण नै सृजना भएको आरोप समेत उनले लगाएका छन् ।

महिलाहरुलाई घरभित्रै राख्यो भने र शरिया कानून लागु गरियो भने पाकिस्तानमा तालिबानी आक्रमण नहुने पनि उनले बताए ।

तालिबानीहरु पाकिस्तानका शत्रु नभएको समेत उनले जिकिर गरे ।

उनले पाकिस्तानी सेना र प्रधानमन्त्रीलाई महिलाविरुद्ध युद्ध शुरु गर्न आग्रह पनि गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.